आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

तालिवानीको चेतावनीपछि ‘लिटिल मेसी’को परिवारले देश छाड्यो

  • प्रकाशित मिति : शुक्रबार, मंसिर २१, २०७५



  • news

    काठमाडौं । तालिवानी विद्रोहीको चेतावनीपछि अफगानिस्तानमा ‘लिटिल मेसी’को नामले परिचित मुर्जता अहमेदीको परिवारले देश छाडेको छ ।

    तालिवानले अफगानिस्तानको राजधानी काबुलको एक सानो ठाँउमा बसिरहेका लिटिल मेसी भनेर चर्चा कमाएका मुर्तजा अहमेदीको परिवारलाई मार्ने धम्की दिएपछि देश छोडेका हुन् ।

    सन् २०१६ मा मेसीको नाम र नम्बर लेखेर प्लास्टिकको जर्सी लगाएको फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि उनी निकै चर्चामा आएका थिए ।

    ७ वर्ष पुगेका मुर्तजाको परिवारले तालिवानको धम्कीका कारण आफूहरु गाउँमा पनि सुरक्षित नभएको बताएका छन् । जसका कारण उनीहरु त्यो ठाँउमा प्रतिबन्धित हुनसक्ने अवस्था आएको बताए ।

    सन् २०१६ मा उनीहरु पाकिस्तानमा केही समयका लागि शरणार्थीका रुपमा बसेका थिए, तर आर्थिक अभाव भएपछि उनीहरु स्वदेश फर्किएका थिए ।

    आफ्नो ड्रिम हिरोको नामको प्लास्टिकको जर्सि लगाएर चर्चा कमाएका मुर्तजा ५ बर्षको हुँदा अन्तराष्ट्रिय स्तरमा नै भाइरल भएका थिए ।

    जसका कारण पछि उनले मेसीलाई पनि भेट्ने मौका पाए । सोसल मिडियामा निकै चर्चा भएपछि उनलाई मेसीले आफ्नो नामको र साइन गरेको टिसर्ट पठाएका थिए ।

    त्यसपछि कतारको दोहामा मैत्रीपूर्ण खेलका लागि गएका बेला सन् २०१६ मा मेसीले उनलाई भेट्न बोलाएका थिए । मेसीको हात समातेर उनी मैदानमा समेत हिँडेका थिए ।(एजेन्सी)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij