Space for Ads 1200px * 150px

बस र स्करपिव ठोक्किदा ६ जनाको मृत्यु २ जनाको घाइते

निलम ओली, दाङ २०७५-८-२७

गएराती दाङमा बस र स्करपिव ठोक्कीदा ६ जनाको घटनास्थल मै मृत्यु भएको छ,भने २ जना सख्त घाइते भएका छन् ।

चितवनबाट बाँकेको शम्सेर गंज तर्फ जाँदै गरेको बा १२ च ३१२ नम्बरको स्करपिव र कोहलपुर तिर बाट पुर्ब तर्फ गै रहेकोे ना ५ ख ४०९० नम्बरको बस राती १.४५ बजे लमही ९ सत्बरियामा एक आपसमा ठोक्किदा सोनारी गाउँपालिका ८ शमशेर गंज निबासी बिबाहबाट फर्केका जन्ती हरुको मृत्यु भएको हो ।

मृत्यु हुनेमा दुलहाका बुवा मान बहादुर खत्री आमा बिमला खत्री र जन्तीहरुमा दत्त खत्री,बिश्व नाथ अधिकारी ,प्रबिण खत्री र दिपक खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका एस.बेल बहादुर पाण्डेले जलजला खबर बताउनुभएको छ ।

Space for Ads 300px * 160px
© 2019 jaljalakhabar.com All right reserved Site By : SobizTrend Technology