प्रकाशित मिति : बिहिबार, मंसिर २७, २०७५
मधु पौडेल,नेपालगंज २०७५÷०८÷२७
नेपालगन्जको विभिन्न स्कूलका विद्यार्थीहरुलाई आत्मरक्षा तालिम सिकाईएको छ । राष्ट्रिय खेलकुद परिषद नेपाल काठमाण्डौंको आयोजनामा नेपालगन्जको सरस्वती माध्यमिक विद्यालय र मंगल प्रसाद उच्च माध्यमिक विद्यालयका छात्रा छात्रहरुलाई आत्मरक्षा तालिम सिकाईएको हो ।
राष्ट्रपति खेलकुद महिला सहभागिता अभिबृद्धि कार्यक्रम २०७५ अन्तरगत आत्मरक्षक तालिम सिकाइदै आईएको छ ।
महिला हिंसा विरुद्ध हाम्रो संकल्प खेलकुदमा महिला सहभागिता उत्तम विकल्प भन्ने नाराका साथ सुरु भएको आत्मरक्षा तालिमको प्रशिक्षण नेपाल मार्सल सेल्फ डिफेन्स संघका प्रमुख प्रशिक्षक सन्जु महर्जन, प्राविधिक प्रमुख राधिका ऐर र हितेश भारतीले प्रशिक्षण दिएका छन ।
यसअघि सो तालिमको उदघाटन जिल्ला खेलकुद बिकास समिति बाँकेका अध्यक्ष आतंक बस्नेतले गरेका थिए ।
कार्यक्रममा सरस्वती माविका प्राचार्य सुरेश प्रसाईला, खेलकुद विकास समिति बाँकेका सदस्य सुमन बस्नेत, शिक्षक, शिक्षिका लगायतको उपस्थिती रहेको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij