प्रकाशित मिति : शुक्रबार, मंसिर २८, २०७५
मधु पौडेल, बाँके २०७५-८-२८
बाकेमा विभिन्न समुहका युवाहरुको उपस्थितिमा युवाहरुको आवश्यकता पहिचान सम्वन्धी गोष्ठी सम्पन्न भएको छ ।
युवा संस्था नेपाल संघ आयोन र जिल्ला युवा क्लव संजाल ,बाकेको संयुक्त आयोजनामा सो गोष्ठीमा स्थानिय स्तरमा युवाहरुको सहभागिता,नेपालको राजनितिमा युवाहरुको सहभागिता र निर्वाचनमा युवाहरुको सहभागित कस्तो रहेको छ भन्ने विषयमा कार्यशाला भएको जिल्ला युवा क्लव संजालका सचिव राजन वर्माले बताए ।

पाँच वर्षमा हामीले युवाहरुको सहभागितलाई कसरी लैजाने तथा यसमा युवाहरुको भुमिका निकै भएको हुदाँ यस्ता प्रकारको गोष्ठीको आयोजना गर्नु पर्ने संजालबाके का अध्यक्ष आशिष वर्माले बताए ।
गोष्ठीमा संजालबाकेका अध्यक्ष बर्मा र आयोनका कार्यक्रम अधिकृत सुस्मिता श्रेष्ठले सहजीकरण गरेका थिए ।
यसैगरी जिल्ला युवा क्लव संजाल बाकेको आयोजनामा नेपालगंज स्थिति होलील्याण्ड कलेजमा स्थानिय निकाय बारे जनचेतना जगाउने विषयमा हाजिर जवाफ प्रतियोगिता गराइएको संजालका सचिव वर्माले बताए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij