प्रकाशित मिति : सोमवार, पुस २, २०७५
बलिउड अभिनेत्री मनीषा कोइरालाको आत्मवृत्तान्त ‘हिल्ड’ यही पुस महिनामा बजारमा आउने भएको छ।
बलिउड अभिनेत्री कोइरालाले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफ्नो आत्मवृत्तान्त ‘हिल्ड’ यही पुसमा बजारमा आउन लागेको जानकारी गराएकी हुन्।
क्यान्सरविरूद्धको लडाइँबारे समावेश गरिएको सो पुस्तक सबैका लागि उपयोगी हुने विश्वासका साथ आफूले सो पुस्तक लेख्नु परेको अभिनेत्री कोइरालाको भनाइ छ। पुस्तकमा क्यान्सर रोग निदानका लागि आफूले कसरी शारीरिक, मानसिक तथा संवेगात्मक लडाइँ लड्नु पर्यो भन्ने कुरा समेटिएको पनि अभिनेत्री कोइरालाले जानकारी दिइन्।
यही पुसमा आयोजना हुने लिटरेचर फेष्टिबल( डिसेम्बर २२) मा अभिनेत्री कोइरालाको सो पुस्तक विमोचन गर्ने कार्यक्रम तय गरिएको छ।
नेपालका लागि सो पुस्तक फाइन प्रिन्टले बजारमा ल्याउन लागेको हो। भारतमा यो पुस्तक पेन्गुइन इन्डियाले प्रकाशन गरेको छ।
अभिनेत्री कोइरालाले भारतीय लेखक निलम कुमारसँगको सहकार्यमा यो पुस्तक तयार पारेकी हुन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij