मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

गर्भवती महिला हत्यामा अपराध महाशाखाद्वारा चार जना पक्राउ

  • प्रकाशित मिति : सोमवार, पुस २, २०७५



  • गर्भवती महिलाको हत्या गरी फरार रहेका चार जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।

    महानगरीय अपराध महाशाखाको टोलीले आइतबार मुगुकी विष्णुमाया मल्ल, भगवती मल्ल, रिता केसी र गान्डिपराज मल्ललाई काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरेको हो।

    महाशाखा प्रमुख एसएसपी धीरजप्रताप सिंहका अनुसार उनीहरूले टोखा नगरपालिका ३ मिलनटोलस्थित तारानाथ अर्यालको घरमा डेरा गरी बस्ने मुगु सोरु गाउँपालिका ८ की २६ वर्षीया अजिता मल्लको घाँटी थिची हत्या गरेका थिए।

    पुस १ गते मल्लको हत्या भएको थियो। हत्यालगत्तै परिचालन भएको महाशाखाको टोलीले संलग्नहरूलाई पक्राउ गरेको हो। महाशाखा प्रमुख सिंहका अनुसार पक्राउ परेकाले अपराध स्वीकार गरिसकेका छन्। उनीहरूलाई कर्तव्य ज्यान मुद्दामा अदालतमा पेश गर्ने तयारी भइरहेको सिंहले बताए।

    हत्याको कारणबारे अनुसन्धान भइरहेको एसएसपी सिंहले बताए।

    केही दिनअघि महाशाखाको टोलीले गोंगबुका प्रयास कुँवरको हत्यामा संलग्न स्यांजाका महेन्द्र सार्कीलाई २४ घन्टाभित्र पक्राउ गरेको थियो। महाशाखा प्रमुख सिंहले अपराध गर्ने जोकोहीलाई छिटोभन्दा छिटो कानुनी दायरामा ल्याउन महाशाखा सक्षम भएको बताए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij