प्रकाशित मिति : सोमवार, पुस २, २०७५
मधु पौडेल, बाँके २०७५÷०९÷०२
दाईजो प्रथा विरुद्ध १० दिने अभियान अन्तरगत बिद्यार्थीहरुसंग अन्तरक्रिया गरिएको छ । अभियानले विद्यार्थीहरुलाई जागरुक बनाउदै आएको छ ।
देश व्यापी दाइजो प्रथा विरुद्ध आइतवारदेखि सुरु गरिएको अभियानलाई विद्यालय र मदरसामा केन्द्रित गरि अभियानलाई निरन्तरता दिईएको हो ।
सोमवार आइसा मदरसतुल बनात नेपालगन्जका विद्यार्थीहरुलाई दाइजो प्रथा अन्त्य गर्नुपर्छ दाईजो लिनु र दिनुहुन्न बारे अन्तरक्रिया गरिएको छ । करिव सयजना विद्यार्थीहरुलाई सो बारे प्रशिक्षण गरिएको थियो ।
दाईजो लिने र दिनेसंग विवाह नगर्ने मुस्लिम विद्यार्थीहरुले प्रतिवद्धता समेत जनाएका छन् । इस्लामी संघ नेपालको आयोजनामा १० दिने दाइजो प्रथा विरुद्ध अभियानको शुरुआत गरिएको छ ।
गत आइतवारदेखि नेपालगन्जको आइडियल पव्लीक हाई स्कूलबाट सो अभियान सुरु गरिएको थियो । देश व्यापी दाइजो विरुद्ध १० दिने अभियान पौष १ गतेदेखि १० गतेसम्म चल्ने इस्लामी संघ नेपालले जनाएको छ ।
८ बुदे प्रतिवद्धता सहितको पम्प्लेट तयार गरि अभियानलाई सफल बनाउन सवैको उत्तिकै दायित्व रहेको संघका सचिव बद्रे आलाम खानले बताएका छन ।
आफ्नो छोरा छेरीको विवाह गर्दा दाइजोको लेनदेन नगरि दाइजो विरुद्धको अभियानमा सहभागि बनौं, नातोदारहरुलाई दाइजोको लेनदेन विनै विवाह गर्न दवाव दिऔं, समाजका प्रतिष्ठित धार्मिक र सामाजिक व्यक्तिहरुलाई गोलवद्ध गरि दाइजो विरुद्ध एकजुट गरौं, विवाह सम्बन्धि इस्लामी तरिका विशेष गरि नविको आदेश र सहाबाहरुको जिवन शैलीलाई आम मानिसहरु सामु प्रचारप्रसार गरौं लगायतका नारासहितको पम्पलेट तयार गरि बितरण गरिएको आयोजक संघका प्रदेश नं. ५ अध्यक्ष ओवैद रहमान खानले जानकारी दिएका छन ।
चिनजानका साथीभाई र आफन्तहरुमा अग्रसर भई विना दाइजो विवाह गर्न र गराउन मध्यस्थकर्ताको भमिका खेल्न आवश्यक रहेको अध्यक्ष खानले बताउनुभयो ।
सोमवार दोश्रो दिन अभियान कार्यक्रमको अध्यक्षता इस्लामी संघ नेपालका संस्थापक अध्यक्ष मोहम्मद अजमिन राईले गरेका थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij