मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

हिजोदेखि हराएका बालक स्कुलको सेफ्टी ट्यांकीमा मृत भेटिए

  • प्रकाशित मिति : बुधबार, पुस ४, २०७५



  • दैलेख :  एक बालक स्कुलकै सेफ्टी ट्यांकीमा मृत अवस्थामा फेला परेका छन्। बुधबार बिहान उनको शव भेटिएको हो। मंगलबार बिहान स्कुल गएका बालक घर नफर्केपछि खोजीकार्य तीव्र पारिएको थियो।

    दैलेख सदरमुकामस्थित सनराईज बोर्डिङ स्कुलमा युकेजीमा पढ्दै गरेका ६ वर्षीय हिक्मत शाहीको शव बुधबार बिहान सोही स्कुलको सेफ्टी ट्याङ्कीमा फेला परेको प्रहरीले जनाएको छ।

    जिल्ला प्रहरी प्रमुख डीएसपी ठाकुरप्रसाद पोखरेलले खोजीकार्य जारी रहेको बेला बालकको शव उनी पढ्दै गरेको स्कुलको सेफ्टी ट्यांकीमा भेटिएको जानकारी दिए।

    बालक मृत अवस्थामा भेटिएपछि घटना रहस्यमय बनेको छ। जिल्लाको पश्चिममा पर्ने ठाटीकाँध गाउँपालिका-३ घर भएका  बालकका आमाबुवा दैलेख सदरमुकामका खुद्रा व्यापारी हुन्।                          
     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij