मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

“भाडादर समायोजन नगरेसम्म मिटर प्रयोग गर्दैनौं “- ट्याक्सीचालक

  • प्रकाशित मिति : बिहिबार, पुस ५, २०७५



  • काठमाडौं, पुस ५ । ट्याक्सीचालकहरुले भाडादर समायोजन नगरेसम्म मिटर प्रयोग नगर्ने बताएका छन् ।

    सरकारले ट्याक्सीचालकहरुलाई वास्ता नगरी आफूखुसी निर्णय गरेको र त्यसले ट्याक्सीचालकलाई असहज बनाएको उनीहरुको भनाइ छ ।

    बिहीबार काठमाडौंमा ट्याक्सी व्यवसायीहरुले पत्रकार सम्मेलन गरी २०६९ सालदेखि एउटै भाडादरमा ट्याक्सी चलाउनुपरेको र भाडा पनि समायोजन नगरेकोले आफूहरु मर्कामा परेको बताए ।

    उपत्यका स्वरोजगार ट्याक्सी व्यवस्थापन समितिका अध्यक्ष राम थापाले सरकारले अहिलेसम्म आफूहरुको मागलाई वास्ता नगरेको र ट्याक्सीचालकको सुरक्षाका लागि पनि कुनै काम नगरेको आरोप लगाए ।

    सरकारले ट्याक्सीको भाडादर समायोजन गरेपछिमात्र मिटरमा जानसक्ने उनीहरुले बताएका छन् । वैज्ञानिक भाडादर कायम गर्न उनीहरुले आग्रह गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij