आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

को हुन् दोस्रो नेपाल आइडल रवि ओड ?

  • प्रकाशित मिति : शनिबार, पुस ७, २०७५



  • काठमाडौं : नेपाल आइडल सिजन टू विजेता रवि ओड बनेका छन्। पुरस्कारस्वरुप उनले २२ लाख रुपैयाँको चेक र एउटा होन्डा डब्लुआर भी कार प्राप्त गरे। एउटा एल्बमको सम्झौतासँगै विश्व भ्रमणको मौका समेत उनलाई छ।

    विक्रम बराल फस्र्ट रनरअप बने। उनले २० लाखको चेक प्राप्त गरे भने सेकेन्ड रनरअप बनेका सुमित पाठकले १२ लाखको चेक पाए। अस्मिता अधिकारी चाहिँ थर्ड रनर अप भइन्। उनले होन्डा कम्पनीको स्कुटर प्राप्त गरेकी छन्। डिसेम्बर १ देखि उनीहरुले विश्वभर घुमेर प्रस्तुति दिनेछन्।

    विक्रम बराल, सुमित पाठक, अस्मिता अधिकारी र रवि ओड उत्कृष्ट चारमा पुगेका थिए। नेपाल आइडलको अडिसनमा धनगढी, धरान, भैरहवा, हेटौँडा, वीरगन्ज, पोखरा, काठमाडौँलगायतका ठाउँबाट हजारौँ प्रतियोगीहरुले भाग लिएका थिए।

    पुस महिनाको चिसो साँझमा पुल्चोक इन्जिनियरिङ कलेजको चौर भने संगीतको रौनकले तात्तिएको थियो। प्रांगणमा हजारौँ मानिसको भीड जम्मा भएको थियो। सबैजना गीतसंगै झुमिरहेका थिए। सबैलाई नेपाल आइडलको टाइटल विजेताको नाम सुन्ने हतारो थियो।

    अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, एमडी लक्ष्मी पौडेल, गुप्र एडिटर विजयकुमार पाण्डेसहित राजेन्द्र शाक्य, सचन थापा, सुरेश पौडेल, शम्भु गुरागाइँ लगायतले प्रतियोगीलाई पुरस्कार वितरण गरेका थिए।

    ‘मन जित्छ उसले, राम्रो गाउँछ जसले’ भन्ने ट्यागलाइनका साथ साउन २४ देखि नेपाल आइडल सिजन टूको सुरुवात भएको थियो। यसका प्रोजेक्ट हेड सुरेश पौडेल हुन् भने निर्देशकमा एलन श्रेष्ठ र लोकेस बज्राचार्य छन्। निर्णायकका रुपमा न्यूह बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बास्कोटा छन्। रीमा विश्वकर्मा र आसिफ शाहले कार्यक्रम सञ्चालन गरेका थिए।

    को हुन् रवि ओड ?

    धनगढी अडिसनमा कमल खत्रीको आवाजमा रहेको ‘जाउँला रेलैमा’ बोलको गीत गाएर ओड नेपाल आइडलमा प्रवेश पाएका हुन्। उनका बाजे पनि देउडा गाउने गर्थे। बाजेसंगै उनी गीत गाउने कोशिस गर्थे। गोठालो जाँदा पनि गीत गाउँथे। बाल्यकालमै आमा गुमाएका रवि ओडले औपचारिक रुपमा संगीत सिक्न भने पाएनन्। तर मेला महोत्सवहरुमा गीत गाइरहन्थे।

    लोक दोहोरी, देउडा, क्लासिक, मेलोडियस तथा फिल्मी सबै प्र्रकारका गीतमा उनको स्वर सुहाउँदिलो सुनिन्छ। खासगरी सुदूरपश्चिमेली ठाडो भाकामा उनको दखल छ। नेपाल आइडलको सुरुदेखि नै उनले अब्बल प्रस्तुति दिएर निर्णायक तथा दर्शकको मन जित्न सफल भएका थिए।

    गरिब परिवारमा जन्मेका ओडका बुवा भारतमा ज्यालादारी गरेर परिवार चलाउँछन्। ओडले निकै मेहनतका साथ आइडलमा प्रत्येक पटक आफूलाई उत्कृष्ट बनाउँदै लगेका थिए। उनलाई नेपाल आइडल बनाउन सुदूरपश्चिम क्षेत्रका दर्शकले लगातार भोट गरेका थिए। उनी सुगम पोखरेल, हेमन्त राना र शिव परियारका फ्यान हुन्।

    ‘यो जीत मेरो मात्र होइन। मलाई साथ सहयोग, माया र भोट दिएर यो सफलता दिलाउने तपाईं सबैको जित हो,’ टाइटल जितेपछि उनले भने। बधाई तथा शुभकामना प्राप्त गरिरहँदा उनी बोल्न सकिरहेका थिएनन्। आँशु झारिरहेका थिए। उपस्थित हजारौँ दर्शकले उनको सफलतामा हुटिङ र ताली दिएर सद्भाव व्यक्त गरेका थिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij