मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

सिंगै बस्ती एक व्यक्तिको नाममा, स्थानीयको निन्द्रा हराम

  • प्रकाशित मिति : शनिबार, पुस ७, २०७५



  • परासी – झुम्म परेको बस्तीको जमिन ३/४ पुस्तादेखि भोगचलन हुँदै आएको छ । गाउँ ब्लकको पुर्जा प्राप्त गरेकाले पञ्चायतकालदेखि घरधुरी कर बुझाएको कागजात पनि सुरक्षित छन् ।यहाँका बासिन्दा थोरै जमिनको भए पनि आफूलाई धनी ठान्दै आएका थिए । अहिले नापी कार्यालयको फिल्ड बुक हेर्दा भने उक्त गाउँ एक व्यक्तिको नाममा रहेको खुलेपछि स्थानीयवासीको निद्रा हराएको छ ।पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–६, सनहीमा यस्तो समस्या देखिएको हो । यहाँको एउटा पूरै बस्ती एक व्यक्तिको नाममारहेको तथ्य फेला परेपछि समस्या देखिएको छ । त्यसले भोगचलन गर्दै आएका स्थानीय ८९ परिवार समस्यामा छन् ।

    पाल्हीनन्दन गाउँपालिका–६ का राजेश साहनी साबिकको सनही गाविस अध्यक्ष हुन् । उनी अध्यक्ष रहेका बेला गाविसले स्थानीयलाई गाउँ ब्लक पुर्जा वितरण गरेको थियो । धनीपुर्जा दिँदासमेत बस्ती व्यक्तिको नाममा रहेको कसैलाई थाहा भएन । अहिले आफ्नो घरजग्गा व्यक्तिको कित्तामा देखिएपछि आश्चर्यमा परेका छन् । ‘२०२४ सालमा नापी गर्ने कर्मचारीको मिलेमतोमा यस्तो भएको हुनसक्छ,’ साहनीले भने । यो खबर कान्तिपुर राष्ट्रिय दैनिक अखबारमा प्रकाशित छ।

    ‘तत्काल सरकारले नापी कार्यालयको फिल्ड बुक रद्द गरेर गाउँलेलाई न्याय दिनुपर्छ,’ उनले भने ।गाउँलेले हस्ताक्षर गरेर जिल्ला प्रशासन, नापी, मालपोत, स्थानीय तह र केन्द्र सरकारलाई आवश्यक पहलका लागि आग्रह गरेको उनले बताए ।स्थानीय रियासत नाउँको सम्पत्तिका नाममा त्यही घडेरीमात्र छ । दैनिक ज्यालादारी गरेर परिवार पाल्दै आएका छन् । पुर्जा प्राप्त गरेमा बैंकमा ऋण झिकेर केही व्यवसाय गर्ने उनको सोच छ ।

    नापी गरेर पुर्जा मिल्ने अन्तिम तयारी भइरहेका बेला अरूकै नाममा कित्ता कायम भएको थाहा पाएपछि उनको सपना चकनाचुर भएको हो । ‘४/५ पुस्तादेखि हामी यहीँ बस्दै आएका छाैं । कसरी अरूको नाममा हुन सक्छ ?’ उनले भने, ‘हामी गरिब दु:खीलाई न्याय दिन सबैले पहल गरिदिनुपर्‍यो ।’०२४ सालमा भएको नापीको फिल्डबुकमा स्थानीय भुनु थारूका नाममा दाखिला भएको देखिएको छ । ०४३/४४ सालमा स्थानीयलाई गाउँ ब्लकको जग्गा पुर्जा प्रदान गरिएको थियो । सोहीअनुसार बेचबिखन र भोगचलन गर्दै आएका छन् । पछिल्लो समय सरकारले उनीहरूलाई लालपुर्जा वितरणका लागि नाप नक्सा गरेर कित्ताकाटको तयारी गरेको थियो ।

    प्रक्रिया पूरा गरेर नापी कार्यालय परासीमा कागजात आएपछि कित्ता नम्बर ३३५ मा २ बिघा १० कट्ठा ५ धुरमा रहेको बस्ती पहिल्यै व्यक्तिको नाममा देखिएपछि तथ्य सार्वजनिक भएको हो । नापी कार्यालयमा दाखिला भएका भुनु थारूको मृत्यु भइसकेको छ । अहिले थारूका छोराले आफ्नो बुवाका नाममा बस्ती रहेको थाहा पाएपछि उक्त जमिनको सट्टाभर्ना माग गर्दै गाउँलेका नाममा छुट्टाछुट्टै कित्ताकाट गरेर दिन आनाकानी गरिरहेका छन् ।गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताले स्थानीय मर्कामा परेको बताए । ‘गाउँ नै व्यक्तिको नाममा देखिनुले यसअघि बैमानी भएको स्पष्ट हुन्छ,’ उनले भने, ‘कानुनी बाधा हटाएर पुस्तौंदेखि भोगचलन गरेका र गाउँ ब्लक पुर्जा भएकालाई लालपुर्जा दिन्छौं ।’

    बाबुको नाममा बस्ती रहेको पत्ता पाएपछि छोराहरू कानुनी कारबाहीमा लागिपरेका छन् । जग्गाको कित्ताकाट गर्दा मात्र आफ्नो बुवाको नाममा रहेको पत्ता पाएको छोरा रमाशंकरले बताए । ‘हामीलाई पहिले केही थाहा थिएन, बुवाले पनि केही भन्नुभएन,’ उनले भने, ‘हामीलाई पनि केही त चाहियो ।’गाउँलेले जग्गा आफ्नो नभएको र भोगचलन पनि नगरेको बेहोरासहितको निवेदनमा हस्ताक्षर गर्न पठाउँदा थारू परिवारले नमानेपछि समस्या उब्जिएको हो । ०२४ सालमा कर्मचारीसँग मिलेर बस्ती आफ्नो नाममा दर्ता गर्न चलाखी गरेको भन्दै स्थानीयले छिटो जोतभोग र गाउँ ब्लकले बाँडेको पुर्जाका आधारमा लालपुर्जा पाउनुपर्ने माग गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij