मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

दशा पनि कति धेरै लाग्न सकेको ! एकै परिवारका ५ जना सन्तान अपाङ्ग भ‍ए पनि कस्को मन नरोला र ?

  • प्रकाशित मिति : शनिबार, पुस ७, २०७५



  • मोरङ- सन्तान जन्मिएपछि सबै आमाबाबुले एकखाले सपना देखेका हुन्छन् । आफ्नो सन्तानले धेरै पढोस् अनि ठूलो मान्छे बन्न सकोस् । नाम राखोस्, त्यो सकेन भने सानै भए पनि जागिर, बिजनेस अथवा घरको काममा बाबुआमालाई सघाओस् ।

    इटहरा ७ सिक्किमे टोलका तुलसी र सृजना ढुंगानाको सपना पनि यो भन्दा फरक थिएन । दुई छोरा र तीन छोरी हुर्काउँदा उनीहरूले सुरुमै चाल पाए आफ्ना छोराछोरी अरूजस्तो सामान्य खाले छैनन् । त्यसपछि उनीहरू भविष्यको सुखद कल्पना भन्दा पनि आफ्ना सन्तानको अवस्थादेखि चिन्तित छन् ।
    हातखुट्टा राम्रोसँग चलाउन नसक्ने, बोल्न र सोच्न नसक्ने सन्तान भएपछि भविष्यको सुख हैन दैनिक हातमुख जोर्ने समस्यासँगै उनीहरूको हेरचाहमा दिनहरू बिताउनुपरेको छ । ढुंगाना दम्पतीका सात सन्तानमध्ये दुई सपाङ्ग भए पनि ५ जना भने मानसिक र शारीरिक रूपमा अपाङ्ग छन् । सुस्त मनस्थितिका निर्मला ३३, निर्मल ३२, उमेश २८, पवित्रा १९ र गोमा १७ वर्षकी रहेकी छन् ।

    तुलसीराम ढुङ्गानाको आम्दानीको स्रोत डेढ बिघा जमिन मात्र हो । छोराछोरी अपाङ्ग भएपछि सघाउने नहुँदा उनले भएको खेत अँधिया लगाएका छन् । अँधियाबाट आएको धानले वर्षभरि परिवारलाई खान पुग्दैन, किनेर खानुपर्ने अवस्था छ । आम्दानीको स्रोत अरू छैन ।
    खुवाउनेदेखि दिसापिसाबसमेत अरूको सहाराले गराउनुपर्ने हुन्छ । उनीहरूले आफैं निश्चित ठाउँमा केही गर्दैनन् । दिनभरि उनीहरूको गोठालो लाग्नुपर्ने अवस्थाको कारण आफू पनि अन्त काम गर्न जान नसक्ने अवस्थामा रहेकी सृजना बताउँछिन् । सरकारले कुनै राहत दिए दैनिकी चलाउन सजिलो हुने आशामा उनी रहेकी छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij