प्रकाशित मिति : आइतवार, पुस ८, २०७५
काठमाडौं : नेपाल आइडलको ग्रान्ड फिनालेको भिडियो युट्युबमा ट्रेन्डिङ बनेको छ। शुक्रबार भएको दोस्रो सिजनको नेपाल आइडल फाइनलको भिडियो युट्युब ट्रेन्डिङमा
एक नम्बरमा छ। २४ घण्टामै भिडियो १२ लाख भन्दा बढीले हेरेका छन्।
युट्युबमा कार्यक्रमको प्रत्यक्ष प्रशारण (लाइभ) हेर्ने दर्शक पनि डेढ लाख पुगेका थिए। शनिबार साँझ साढे ६ सम्ममा नेपाल आइडलको भिडियो युट्युबमा हेर्ने १२ लाख २६ हजार ३३३ पुगेका छन्।
मुलुकका विभिन्न ठाउँमा भएका अडिसनमा छानिएका दर्जनौँ गायक गायिकाबीचको प्रतिस्पर्धामा खरो उत्रिएका टप ४ मध्येका रवि ओड नेपाल आइडल भएका
छ्न्। सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाका रविले आफूसँगै टप ४ मा छानिएका विक्रम बराल, सुमित पाठक र अस्मिता अधिकारीलाई पछि पारेका हुन्।
ललितपुरको पुल्चोक इन्जिनियरिङ कलेज प्रांगणमा ग्रान्ड फिनाले गरिएको थियो।
पोखराका विक्रम फर्स्ट रनरअप बने। सेकेन्ड रनरअप सुमित र अस्मिता थर्ड रनर अप भए। दोस्रो सिजनका नेपाल आइडल रविसहित टप चारले यही डिसेम्बर १ देखि
विश्वभर घुमेर प्रस्तुति दिनेछन्।
नेपाल आइडलको अडिसनमा धनगढी, धरान, भैरहवा, हेटौँडा, वीरगन्ज, पोखरा, काठमाडौँलगायतका ठाउँबाट हजारौँ प्रतियोगीहरुले भाग लिएका थिए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij