आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कालिकोटको खाडामा भीषण आगलागी

  • प्रकाशित मिति : सोमवार, पुस ९, २०७५



  • कालिकोट : कालिको जिल्लाको पलाँता गाउँपालिका–१ खाडामा भीषण आगलागी हुँदा ३० भन्दा बढी घर जलेर नष्ट भएका छन् । गएराति करिब १० बजेदेखि लागेको आगो सोमबार बिहानसम्म पनि नियन्त्रणमा लिन नसकिएको स्थानीयले बताएका छन् । 
     
    गाउँको तल्लो छेउमा रहेको नवीन न्यौपानेको घरबाट सुरु भएको आगोले ३० भन्दा बढी घर जलिसकेको पलाँता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमले जानकारी दिए । उनले भने, ‘म सुर्खेतमा छु । गाउँपालिका उपाध्यक्ष दानादेवी न्यौपाने, वडा अध्यक्षहरु गाउँमै छन्। तर गाउँमा बिहान फोन नलाग्ने भएकाले घटनाको पूरा पूरा जानकारी पाउन सकिएको छैन् ।’ 
       
    जिल्ला प्रहरी कार्यालय कालिकोटका निमित्त प्रमूख देवेन्द्रकुमार मल्लले पलाँताको खाडामा आगलागी भएको खबर प्राप्त भएपछि राति साढे दुई बजेतिर पचाल झरना गाउँपालिकामा रहेको प्रहरी चौकी प्रमुख पुष्प कडायतको नेतृत्वमा १६ जना प्रहरीको टोली घटना स्थलतर्फ पठाएको जानकारी दिए । 

    चौकीदेखि घटनास्थलसम्म प्रहरी पुग्न ५ घण्टा लाग्ने र खटिएको प्रहरी टोलीसँग सम्मपर्क हुन नसक्दा  घटनाको थप विवरण पाउन नसकेको मल्लले बताए । कालिकोटका प्रमूख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले पलाँताको खाडामा आगलागी भएको खबर प्राप्त भएपनि त्यहाँको बारेमा पूर्ण जानकारी लिन नसकिएको बताए। उनले भने, फोन लाग्दैन् । घटना स्थल पठाएको प्रहरीको टोली पुगेर खबर गरेको छैन् ।’ टेलिफोन सेवा समेत नभएकाले उद्धारका लागिसमस्या भएको प्रजिअ कार्कीले जानकारी दिए । 

    यस गाउँका सबैजसो घरका छाना खरले छाइएको छ । पलाँताको खाडामा आगलागी नियन्त्रणका लागि खटिने मान्छेहरुको पनि अभाव छ । अधिकांश युवाहरु रोजगारीका लागि कालापहाड गएका छन् । गाउँ युवाबिहीन छ । गाउँमा महिला,वृद्ध–वृद्धा केटाकेटी मात्र छन् । हरेक वर्ष खडेरीको समस्या खेपिरहेको पलाँतामा आगो नियन्त्रणका लागि पर्याप्त पानीसमेत छैन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij