मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

चुरोट छोड्न पिँजडामा थुने टाउको, चाबी श्रीमतीसँग

  • प्रकाशित मिति : सोमवार, पुस ९, २०७५



  • काठमाडौं- ४२ वर्षका टिर्किस नागरिक इब्राहिम युसलको टाउको मात्र पिंजडामा थुनिएको छ। अचम्मको विषय त, उनीसँग त्यो पिजँडाको साँचो पनि छैन। उक्त साँचो उनकी श्रीमतीले राखेकी छन्। खाना खाने बेला मात्र पिजँडा खोल्ने गरिएको छ।

    आखिर किन?

    इब्राहिम युसल धुम्रपानका अम्मली हुन्। यही बानी छुटाउनको लागि उनले आफ्नो शिरमा पिजँडाले घेरेका हुन्। उनले धेरे प्रयास गर्दा पनि छोड्न नसके पछि शिरमा पिजँडा ढाकेर राखेका हुन्।

    उनलाई आफ्नो आत्मशक्तीमा विश्वास नलागेपछि यस प्रकारको कदम लिन बाध्य भएका हुन्।

    युसल १६ वर्षको उमेरदेखि दिनमा दुई प्याकेट चुरोट सेवन गर्न सक्ने भएका थिए। युसलका पिताको फोक्सो क्यान्सरबाट निधन भए पछि भने उनले छोड्ने निणर्य गरेका थिए।

    सुरूमा, उनको परिवारलाई यस उपायले पनि उनी चुरोट सेवनबाट पार लाग्न नसक्नेमा शंका लागेको ‘रिपब्लिक वोल्र्ड’ लाई बताएका थिए। युसलमा यस लतमा निकै सुधार आएको पनि‘रिपब्लिक वोर्ल्ड’ उल्लेख गरेको छ।

    कसरी आयो यस्तो उपाय ?

    उनलाई यस उपायका लागि प्रेरणा भने मोटरबाइकमा हेलमेटको प्रयोगको लागि संचालन हुन लागेको हेल्थ क्याम्पेनबाट यस्तो उपाय आएको बताए। चुृरोट आफ्नो मुखसम्म नपुगोस् भनि उनले आफ्नो टाउकोलाई घेरेका हुन्।

    जापानमा पनि धुम्रपानविरुद्ध अभियान

    चुरोट कै कारण, जापानस्थित टोकियोका केही कम्पनीहरूले चुरोट सेवन नगर्ने कर्मचारीहरूलाई ६ दिनको तलबी बिदा दिन थालेका छन्।

    कम्पनीमा चुरोट सेवन गर्ने कर्मचारीहरूले दिनमा ४० मिनेट देखि १ घण्टाको ब्रेक लिने गरेका कारण यस प्रकारको ठोस कदम लिन कम्पनी बाध्य भएको हो।
    धुम्रपानमा निरुत्साह गर्ने अभिप्रायले यस प्रकारको ठोस कदम चलाएको कम्पनीका प्रवक्ताले जनाए।

    यस कदमसँगै, ४२ धुम्रपान गर्ने कर्मचारी मध्ये ४ कर्मचारीले चुरोट सेवन गर्न छोडेका छन्। जापानमा प्राय कम्पनीहरूलाई चुुरोट सेवन गर्न कर्मचारीहरूलाई ब्यान्ड गरेका छन्।

    जापानमा चुरोट सेवन गर्नेको चाप उच्च रहेको छ। जापानमा, प्रत्येक ५ मध्ये १ युवा धुम्रपानका अलमी छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij