मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

रात्रिबसमा परिचारिकाः मुस्कानसहित स्वागत र सहयोग

  • प्रकाशित मिति : मङ्लबार, पुस १०, २०७५



  • म्याग्दी । रात्रिबसमा महिला कर्मचारीले चिया–कफी र पानी सोध्छिन् । ल्याइदिन्छिन् । यात्रा बसकै हो !

    बेनी–काठमाडौं बसमा दुइटी साहसिला र स्वावलम्बी परिचारिका छन् । अन्नपूर्ण गाउँपालिका–५, पाउद्वार घर भई राजधानीको त्रिचन्द्र कलेजमा बीएस्सी दोस्रो बर्षकी छात्रा कुसुम राना र बेनीको माउन्ट एभरेष्ट माविबाट १२ कक्षा उत्तीर्ण अन्नपूर्ण–१, दोबाकी राशु राम्जाली ।

    सार्वजनिक यातायातमा थोत्रा गाडी र फोहोरी गाडीमा हुर्केका चालक, सहचालक र साहुको ठालु ब्यवहार भोग्ने धेरै छन् । महिला अझ बढी प्रताडित छन् । केही सुधार भने हुँदैछ ।

    रात्रिबसमा महिलालाई यात्रा पनि सजिलो लाग्दैन्.। बसका कर्मचारी पढेलेखेका महिला हुँदा भने यात्रा नै सहज भएको छ । राना र राम्जालीले बसमा काम गर्दा आत्मविश्वास बढेको अनुभव सुनाए ।

    राना र राम्जाली म्याग्दी–कोरला यातायात प्रालिले संचालन गरेको सुविधायुक्त बसमा मुस्कानसहित यात्रुको स्वागत र सहयोग गर्छन् । -कान्तिपुर दैनिकबाट

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij