मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

दुर्घटनामा एकको मृत्यु

  • प्रकाशित मिति : मङ्लबार, पुस १०, २०७५



  • काठमाडौँ, १० पुस (रासस) ः काठमाडौँ महानगरपालिका–७ गौरीघाटमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एकको मृत्यु भएको छ । आज बिहान बा ८५ प ३६३४ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर काठमाडौँ फुटुङ बस्ने २८ वर्षीय सुरेश रामपालको मृत्यु भएको प्रहरी प्रधानकार्यालय काठमाडौँले जनाएको छ ।

    दुर्घटनामा परी गम्भीर घाइते भएका उनको दीर्घायु अस्पताल मित्रपार्कमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    प्रहरी हुँ भन्दै आतङ्क फैलाउने पक्राउ

    यता काठमाडौँ महानगरपालिका–६ बौद्धमा नक्कली पेस्तोल देखाई आतङ्क फैलाएको अभियोगमा स्थानीय सिद्धान्त सुनुवारलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

    काठमाडौँ महानगरपालिका–६ बौद्ध नयाँबस्तीस्थित डोमा शेर्पाको खाजा पसलमा प्लास्टिकको कालो रङको नक्कली पेस्तोल देखाई प्रहरी हुँ भनी पसल सञ्चालक र पसलका ग्राहकलाई धम्काइरहेको अवस्थामा उनलाई पक्राउ गरिएको हो । उनीसँग नक्कली पेस्तोल र मोबाइल बरामद गरिएको र घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij