मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

आयआर्जनका लागि रेडक्रसद्धारा प्रोत्साहन

  • प्रकाशित मिति : मङ्लबार, पुस १०, २०७५



  • शिबराज पन्थी, १० पौष, गढवा । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङको समुदाय उत्थानशिलता अभिबृद्धि कार्यक्रमले मंगलबार गढवा गाउँपालिकाका गरिब विपन्न तथा सिमान्तकृत वर्गका १०४ जना ब्यक्तिहरुलाई आयआर्जनका लागि प्रोत्साहन गर्दै जनही २५ हजारको दरले आइएमइ कोडद्धारा नगद वितरण गरेको छ । गढवा गाउँपालिकाका वडा नं.३ का २६ जना वडा नं. ४ का २६ जना, वडा नं. ५ का २६ जना र वडा नं. ७ का २६ जना गरि १०४ जनालाई २५ हजारको दरले २६ लाख रकम वितरण गरेको हो ।

    नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङका सभापति नारायण आचार्यको अध्यक्षता तथा गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको प्रमुख आतिथ्यमा गढवा उपशाखामा एक कार्यक्रमको आयोजना गरि सो रकम वितरण गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी सहजराम यादवले वितरण गरिएको रकम उद्देश्य अनुरुप सहि सदुपयोग गर्न सबैलाई आव्हान गर्नु भएको छ । कार्यक्रममा रेडक्रस दाङ ईन्कोर परियोजनाका कार्यक्रम अधिकृत जगत तामाङ, रेडक्रस दाङका सदस्य शिब थापा, गढवा गाउँपालिका वडा नं. ४ का वडाअध्यक्ष गुलाम मोहम्मद, वडा नं. ८ का वडाअध्यक्ष सद्दाम सिद्दिकी, गढवा उद्योग बाणिज्य संघका अध्यक्ष रविलाल आचार्य, रेडक्रस उपशाखा गढवाका संस्थापक सभापति खिमानन्द पाण्डेय, निवर्तमान सभापति मोहन कुमार पाण्डेय,इलाका प्रहरी कार्यालय गढवाका प्रमुख पंचलाल गोले र नवस्वर्गद्धारी महिला सहकारीका अध्यक्ष रेखा थापा लगायतले बोल्नु भएको थियो । कार्यक्रमको संचालन इन्कोर परियोजनाका फिल्ड अधिकृत देवी प्याकुरेलले गर्नु भएको थियो ।

    आँखा अस्पतालद्धारा जनप्रतिनिधीलाई तालिम नेपाल नेत्रज्योति संघ लमही आँखा अस्पताल लमहीले गढवा गाउँपालिकाका जनप्रतिनिधिहरुलाई मंगलबार आँखाको शुरक्षाका लागि अपनाउनु पर्ने विधि र आँखामा लाग्ने रोगहरुका बारेमा सचेतना तालिम प्रदान गरेको छ । आखामा लाग्ने मोतिया विन्दु, जलबिन्दु, दृष्टिदोष, रतन्धो, खस्रे ट्रकोमा र चोटपटकबाट लाग्ने रोगहरुका बारेमा कार्यक्रममा जानकारी गराईएको हो ।

    नेपाल नेत्रज्योति संघ दाङका अध्यक्ष एवं लमही नगर विकास समितिका अध्यक्ष घनश्याम सुवेदीको अध्यक्षता र गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गढवा गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरी, वडा नं. ४ का वडाअध्यक्ष गुलाम मोहम्मद, वडा नं. ८ का वडाअध्यक्ष सद्दाम सिद्दिकी र स्वास्थ्य संयोजक लोकराज पौडेल लगायतले बोल्नु भएको थियो । कार्यक्रममा लमही आँखा अस्पतालका नेत्र बिशेषज्ञ मदन चौधरीले प्रशिक्षण दिनु भएको थियो । कार्यक्रममा गढवा गाउँपालिकाबाट मात्रै बार्षिक ४ हजार बढी आँखाका विरामीहरु लमहीको आँखा अस्पतालमा सेवा लिन जाने गरेको बताइएको थियो । कार्यक्रमको संचालन आँखा अस्पतालका टेक बहादुर चौधरीले गर्नुभएको गढवाबाट पत्रकार शिबराज पन्थीले जानकारी दिनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij