प्रकाशित मिति : मङ्लबार, पुस १०, २०७५
होटल व्यवसायी संघ,बाँके नेपालगंजको यही पौष ११ गते हुने भनेको १५ औ र साधारण सभा तथा ९ औ जिल्ला अधिवेशन नहुने भएको छ ।
यही पौष ११ गते हुने भनेको १५औ साधारण सभा तथा ९नौ जिल्ला अधिवेशन संघका अध्यक्ष निम बहादुर थापाले पत्रिकामा सुचना दिए संगै स्थगित भएको हो ।
अध्यक्षको अधिवेशन सार्ने योजना बाकी कार्यसमितिका पदाधिकारीहरुलाई चित्त नबुझेको भनेर आज पौष १० गते कार्यसमितिको उपस्थितिमा बैठक वसी अध्यक्षले अधिवेशन सार्ने विषय विधान संगत नभएको भन्दै वरिष्ठ उपाध्यक्ष उमा ग्राण्डन र महासचिव भिमलाल कडेलको हस्ताक्षरीत पे्रश विज्ञप्ती जारी गर्दै अध्यक्षलाई तिन दिनमा अधिबेशन सार्ने विषयमा स्पष्टीकरणका लागी अनुरोध गरीएको छ ।
विज्ञप्तीमा भनिएको छ विज्ञप्ती जरी गरीएको मितिले तिन दिन भित्र यसको स्पष्टीकरण गराउन कार्यसमितिले अनुरोध गरेको छ र अध्यक्षबाट चित्त बुझदो स्पस्टीकरण नआएमा वरिष्ठ उपाध्यक्षको अध्यक्षतामा साधारण सभा तथा अधिवेशन गर्ने निर्णय समेत भएको बताइएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij