मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

अब थन्क्याउनुहोस् मोटरसाईकल यो ठाँउमा आजै जानुहोस् , नेपालमै ११ हजारमा कार किन्न पाईने !

  • प्रकाशित मिति : बुधबार, पुस ११, २०७५



  • काठमाडौ । चीसो मौसम शूरु भएको छ । मोटरसाईकलमा चढ्दा चीसोले हैरान हुनु भएको छ । दुई पांग्रेको भर छैन हैन भन्ने आवाजको गुञ्जायस र बारम्बार अर्को जन्म पाएजस्तोगरी दुर्घटनाको संघारमा पुगेर आत्तिनुभएकोपनि होला । अब मोटरसाईकल छोड्नुहोस् । ११ हजारमा नै अब कार किन्न सक्नुहुनेछ । अधिकांश नेपालीको हैसियतले धान्ने चमत्कारीक योजना एनआईसी एसिया बैंकले ल्याएको छ । चामत्कारिक सवारी कर्जा योजना सार्वजनिक गर्दै सवारीको मूल्य अनुसार मासिक ११ हजार रुपैयाँबाट नै किस्ता रकम शुरू हुने गरी कार किन्न सकिने जनाएको छ ।

    चामत्कारिक सवारी कर्जाका विशेषता सार्वजनिक गर्दै बैंकले ११ हजार मासिक किस्ता तिर्ने गरी कार किन्न सकिने सार्वजनिक गरेको हो । ‘बैक पनि, साथी पनि, राम्रो पनि, हाम्रो पनि’ भन्ने मूल नाराका साथ आमजनमानसमा केन्द्रित बैैकिङ सेवा प्रदान गर्दै आइरहेको नेपालकै सबैभन्दा ठूलो बैंक एनआईसी एशिया बैंकले चामत्कारिक विशेषता भएका २ नयाँ कर्जा योजन सार्वजनिक गरेको छ ।

    बैंकले सार्वजनिक गरेको ‘चामत्कारिक सवारी कर्जा र चामत्कारिक घर जग्गा कर्जा’ योजनाबाट ग्राहकले लाभ लिन सक्ने छन् । कर्जा योजना ग्राहक महानुभावको आवश्यकता र सन्तुष्टिलाई ध्यानमा राख्दै सबैको लागि अझ बढी सहज, सबल, गतिशिल, विश्वसनीय र उत्तरदायी बैंक बन्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको सहायक प्रमुख कार्यकारी अधिकृत तथा सूचना अधिकारी सुधिरनाथ पाण्डेले बताए । ‘एनआईसी एसियाको साँच्चै चमत्कार अब गर्नुहोस् आफ्नो सपना साकार’ भन्ने नाराका साथ चामत्कारिक सवारी कर्जा योजना सार्वजनिक गरेको छ । योजनाबाट नयाँ गाडी लिन वा पुरानो सवारीसाधन साट्न चाहने सम्पूर्ण ग्राहक महानुभावले समेत चामत्कारिक लाभ उढाउन सक्ने छन् ।

    चामत्कारिक सवारी कर्जाका ७ वटा आर्कषक विशेषता

    तुरुन्तै कर्जा स्वीकृति हुने
    अधिकतम १५ वर्षसम्मको कर्जा भुक्तानी अवधि
    अति न्यून मासिक किस्ता रकम (सवारीको मूल्य अनुसार मासिक ११ हजारबाट नै किस्ता रकम सुरु हुने)
    आंशिक अथवा पूर्णरुपमा बिना कुनै शुल्क पूर्व भुक्तानी गरी आफ्नो इच्छा अनुसार मासिक किस्ता र भुक्तानी अवधि परिवर्तन गर्न सकिने
    मासिक व्याजदर ०।९५ मात्र
    प्रशासनिक सेवा शुल्कमा विशेष छुट
    घरजग्गा र सवारी दुवै कर्जा लिने ग्राहकलाई विशेष छुटको व्यवस्था
    चामत्कारिक घरजग्गा कर्जाका ७ वटा आकर्षक विशेषता

    आफ्नो आम्दानी अनुसार आफैं मासिक किस्ता निर्धारण गर्न सकिने
    अधिकतम ५० वर्षसम्मको कर्जा भुक्तानी अवधि
    आंशिक अथवा पूर्णरुपमा विना कुनै शुल्क पूर्व भुक्तानी गरी आफ्नो इच्छा अनुसार मासिक किस्ता र भुक्तानी अवधि कायम गर्न सकिने ।
    कर्जा रकम घटाई नयाँ किस्ता र भुक्तानी अवधि कायम गर्न सकिने ।
    मासिक ब्याजदर ०।९५ मात्र
    प्रशासनिक सेवा शुल्कमा विशेष छुट
    आधारदरमा भएको परिवर्तन अनुसार मात्र ब्याजदर परिमार्जन हुने
    ‘दुवै चामत्कारिक कर्जा योजना बैंकको आफ्नो मुलुकभर रहेको २ सय ४४ वटै शाखा कार्यालयबाट आदरणीय ग्राहक महानुभावलाई आफुले चाहेको गाडी तथा घर जग्गा बिना झन्झट, न्यूनतम ब्याजदर तथा न्युनतम किस्ता रकममा उपलब्ध गराउने छ । यो योजनाबाट आदरणीय ग्राहकमहानुभावहरु अधिकतम लाभान्वित हुने विश्वास हामीले लिएको छांै । साथै ग्राहक महानुभावहरुको क्रय शक्ति अझ मजबुत बनाई गाडी चढ्ने तथा आफ्नो निजी घरमा बस्ने सपना यस योजनाले सजिलै पुरा गर्नेमा हामी विश्वस्त छौ,’ बैंकद्वारा जारी विज्ञप्तिमा लेखिएको छ ।

    बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २ सय ४४ शाखा कार्यालय, २ सय ३८ एटीएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखारहित बैंकिङ्ग इकाईमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको जनाइएको छ । बैंकको वासलातको आकार १८८ अर्बभन्दा बढी पुगेको छ भने कुल निक्षेप करीब १ सय ५९ अर्ब तथा कर्जा १ सय ३२ अर्ब रुपैयाँ पुगी निजी क्षेत्रबाट स्थापित बैंकमध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म बैंकमा ग्राहकको संख्या करीब १२ लाखभन्दा बढी रहेको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको जनाइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij