आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

हिमालयन शेर्पाद्वारा ब्रिगेड ब्वाइज पराजित

  • प्रकाशित मिति : बुधबार, पुस ११, २०७५



  • news

    काठमाडौं, पुस ११ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत् बुधबारदेखि सुरु भएको एघारौं चरणको पहिलो खेलमा हिमालयन शेर्पा क्लब विजयी भएको छ ।

    ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा हिमालयन शेर्पाले ब्रिगेड ब्वाइज क्लबलाई ४–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो ।

    हिमालयन शेर्पाको जितमा विश्वास श्रेष्ठले दुई गोल गरे भने गोहा प्याट्रिक र विशन गुरुङले एक/एक गोल थपे । उक्त चारै गोल खेलको दोस्रो हाफमा भएको थियो ।

    खेलको पहिलो हाफमा गोलरहित बराबरी खेलेको हिमालयन शेर्पाले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै गोल गरेको थियो ।

    खेलको ४६औं मिनेटमा विदेशी खेलाडी गोहा प्याट्रिकले गोल गर्दै हिमालयन शेर्पालाई सुरुआती अग्रता दिलाए । त्यस्तै, खेलको ५४औं मिनेटमा हिमालयनका विशन गुरुङले प्रहार गरेको बल गोलकिपरको हातबाट फुस्किएर गोल हुन पुग्यो ।

    त्यसैगरी, खेलको ६१औं र ८०औं मिनेटमा हिमालयन शेर्पाका विश्वास श्रेष्ठले व्यक्तिगत दुई गोल थपे ।

    पराजित ब्रिगेड ब्वाइजका लागि वर्तमान राईले खेलको ८७औं मिनेटमा एक सान्त्वना गोल फर्काएका थिए ।

    खेलमा ‘म्यान अफ दी म्याच’ हिमालयन शेर्पाका कप्तान मानबहादुर तामाङ घोषित भए ।

    जितसँगै १७ अंक जोडेको हिमालयन शेर्पा तालिकाको पाँचौं स्थानमा उक्लेको छ भने पराजित ब्रिगेड ब्वाइज ६ अंकसहित बाह्रौं स्थानमा छ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij