आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

श्रृङ्खलाले रिजेक्ट गरिन् ‘छक्का पन्जा ४’

  • प्रकाशित मिति : बुधबार, पुस ११, २०७५



  • काठमाडौं – मिस नेपाल वर्ल्ड श्रृङ्खला खतिवडाले फिल्म अफर रिजेक्ट गरेकी छन् ।

    मिस नेपाल भएदेखि फिल्म अभिनय रुचिको विषय नभएको बताउँदै आएकी श्रृङ्खलाले ‘छक्का पन्जा ४’को अफर रिजेक्ट गरेकी हुन् ।

    ‘छक्का पञ्जा’ सिरिजकी निर्देशक दीपाश्री निरौलाले श्रृङ्खलालाई आगामी सिरिज अभिनय अफर दिएकी थिइन् । श्रृङ्खलाले भने उक्त अफर अस्वीकार गरेकी छन् ।

    नेपाल टेलिभिजनबाट प्रशारण हुने ‘मुन्द्रेको कमेडी क्लब’को हालैको एपिसोडमा श्रृङ्खला अतिथिको रुपमा पुगेकी थिइन् ।

    उक्त शोमा शोकी अध्यक्ष दीपाश्रीले उनलाई फिल्म अफर दिएकी थिइन् । तर उनले दीपालाई अफरका लागि धन्यवाद दिँदै फिल्म अभिनय नगर्ने तर उक्त फिल्मको पहिलो शो हेर्न चाहिँ आफू पुग्ने बताइन् ।
    मिस नेपालको ताज लगाएका धेरै फिल्म अभिनयमा आएका छन् । तर श्रृङ्खला भने यो मावलामा अरु भन्दा फरक देखिएकी छन् ।

    ‘फिल्म मार्फत रिलको हिरोइन बन्नुभन्दा समाजसेवा मार्फत रियलको हिरोइन बन्ने रुचि आफ्नो रहेको छ ’ श्रृङ्खलाले भन्ने गरेकी छन्  ।

    हालै सम्पन्न मिस वर्ड प्रतिस्पर्धामा टप १२ भित्र परेर बाहिरिएकी उनी यतिबेला देश तथा विदेश सबै तिर लोकप्रिय छिन् । उनको यो लोकप्रियतालाई ध्यानमा राखेर फिल्म अफर दिनको भिड पनि  दिन प्रतिदिन बढ्दो छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij