मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

चराहरुको स्वर्ग बन्दै मेचीनगर

  • प्रकाशित मिति : बिहिबार, पुस १२, २०७५



  • भद्रपुर, १२ पुस (रासस) । झापाको मेचीनगरमा २५० प्रजातिका चराको बासस्थान छ । यहाँ विश्वमै दुर्लभ मानिने राजधनेश, धनेश, जुरे रुप्पीलगायत विभिन्न प्रकारका चरा रहेको विगत तीन वर्षदेखि चराको अध्ययन गरिरहनुभएका मेचीनगर–६ काँकडभिट्टाका देवेन्द्र खरेलले बताउनुभयो ।

    धेरै चरा पाइने देशको सूचीमा नेपाल २२औँ स्थानमा छ । नेपालमा ९०० प्रकारका चरा पाइएकामा २५० प्रकारका चरा झापाको मेचीनगरमै पाइने उहाँको भनाइ थियो । विशेषज्ञ खरेलका अनुसार मेचीनगर–३ मा रहेको बहुवन सामुदायिक वन र बेँसीबजार क्षेत्र चराको राजधानी नै हो । मेचीनगर–३ मा विश्वमै दुर्लभ राजधनेश पनि पाइएको छ भने रैथाने चराहरु भुँडीफोर गरुड, फिस्टो र बुङ्गे चरा हराउँदै गएको उहाँले बताउनुभयो । चराका लागि मेचीनगर अनुकूल बासस्थान भएकाले पाहुना चरा आउने क्रम पनि बढेको छ ।

    मेचीनगरलाई ‘चरा मार्न निषेधित क्षेत्र’ घोषणा गरेर चरा महोत्सव आयोजना गर्ने हो भने यहाँ विदेशी पर्यटक अध्ययन र अवलोकनका लागि आउने सम्भावना रहेको विशेषज्ञ खरेलले बताउनुभयो ।

    मेचीनगर–६ काँकडभिट्टस्थित ‘इस्टपोइन्ट फोटो एण्ड भिडियोग्राफर’का सञ्चालकसमेत रहनुभएका उहाँले विगत तीन वर्षदेखि चराको फोटो खिच्ने र संरक्षणका लागि चेतना फैलाउने कार्य गर्दै आउनुभएको छ ।

    “मेचीनगरलाई चरा अवलोकनका निम्ति पर्यटकीय रुपमा विकसित गर्न सकिने सम्भावना छ”, खरेलले भन्नुभयो, “चरा प्रकृतिका अमूल्य उपहार हुन् यिनको संरक्षण हामी सबै मिलेर गर्न जरुरी छ ।” चिसो मौसममा बिहान ७ बजेदेखि ९ बजेसम्म र गर्मी मौसममा ६ बजेदेखि ८ बजेसम्म चराको खोजीमा निस्कने ४५ वर्षीय खरेलको दैनिकी नयाँ चरा पत्ता लगाउनैमा बित्ने गरेको छ ।

    आगामी चैतसम्ममा मेचीनगरमा चराको फोटो प्रदर्शनी गरेर यहाँ पाइने चराका प्रजातिबारे जानकारी गराउने सोच बनाउनुभएका उहाँले सवा लाखको क्यामेरामा डेढ लाखको लेन्स प्रयोग गरी चराको फोटो सङ्कलन गरिरहनुभएकोे छ ।

    घुमुवा (उडिसा) जातिले चराको सिकार गरेर खाने गरेकाले तत्काल मेचीनगरलाई चरा मार्न निषेधित क्षेत्र घोषणा गर्नुपर्नेमा विशेषज्ञ खरेलले जोड दिनुभयो । मेचीनगर क्षेत्रमा आठसामुदायिक वन रहेका हुँदा विभिन्न प्रजातिका चरा पाइने गरेको जानकारी दिँदै सामुदायिक वन महासङ्घका जिल्ला अध्यक्ष बेदप्रसाद भण्डारीले खरेलजस्ता चराको अध्ययन र अनुसन्धानमा रहेको व्यक्तिलाई सहयोग गर्ने बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij