मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

पाल्पामा घरेलु उद्योग खुल्ने क्रम बढ्दै

  • प्रकाशित मिति : बिहिबार, पुस १२, २०७५



  • बेझाड, १२ पुस (रासस) । पाल्पामा पछिल्लो समय घरेलु तथा साना उद्योग खुल्ने क्रम बढ्दो छ । जिल्लामा उत्पादनमूलक, कृषि तथा वन्यजन्तुमूलक, पर्यटनमूलक र सेवामूलक गरी चार प्रकारका उद्योग रहेका छन् ।

    हालसम्म उत्पादनमूलकतर्फ ४७३, कृषि तथा वन्यजन्तुमूलकतर्फ ३७९, पर्यटनमूलकतर्फ ६२१ र सेवामूलकतर्फ ९१८ उद्योग दर्ता भई सञ्चालनमा आएको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका सूचना अधिकारी मनोज घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार आव ०७५/७६ को साउनबाट मङ्सिर मसान्तसम्म उत्पादनमूलक १७, कृषि तथा वन्यजन्तुमूलक २६, पर्यटनमूलक ६७ र सेवामूलक ५४ वटा नयाँ उद्योग थपिएका छन् ।

    गत वर्ष उत्पादनमूलक ४८, कृषि तथा वन्यजन्तुमूलक ७८, पर्यटनमूलक १०५ र सेवामूलक ८३ वटा घरेलु उद्योग दर्ता भएका थिए । जिल्लामा पछिल्लो समय महिलाको नाममा पनि उद्योग दर्ता हुने क्रम बढेको छ । गत वर्ष ६७ वटा घरेलु उद्योग महिलाको नाममा दर्ता भई सञ्चालनमा छन् । सधैँ अर्काको परनिर्भरतामा रहेका यहाँका महिला हिजोआज घरेलु उद्योग सञ्चालन गरेर आत्मनिर्भरतातर्फ उन्मुख हुँदै गएका छन् ।

    गत वर्ष उद्योग दर्ता तथा नवीकरणबाट रु नौ लाख ४१ हजार ३१५ राजश्व सङ्कलन भएको छ । जिल्लामा न्यूनतम एक लाखदेखि एक करोड ५० लाखसम्मका मात्र उद्योग दर्ता भई सञ्चालनमा आएको कार्यालयका उद्योग अधिकृत बालकृष्ण गैरेले बताउनुभयो । “घरेलु उद्योग दर्ता गर्ने क्रम बढ्दै जाँदा जिल्लामा धेरैलाई रोजगारीको अवसर मिलेको र यहाँ साना उद्योग मात्र दर्ता भई सञ्चालित छन्”, उहाँले भन्नुभयो ।

    कार्यालयले लघु, घरेलु तथा साना उद्योग मात्र दर्ता गर्न पाउने अधिकार रहेको उद्योग अधिकृत गैरे बताउनुहुन्छ । दश करोडसम्म पूँजी भएका उद्योगलाई साना उद्योग, दश करोडदेखि २५ करोडसम्म पूँजी भएका उद्योगलाई मझौला उद्योग र २५ करोडदेखि माथिका उद्योगलाई ठूला उद्योगका रुपमा वर्गीकरण गरिएको छ ।

    दश करोडमाथिका उद्योग विभागमा पुगेर दर्ता गर्नुपर्ने प्रावधान छ । जिल्लामा एक करोड ५० लाखसम्मका दुई तीन वटा उद्योग मात्र सञ्चालनमा छन् भने सरदरमा ६० लाखसम्मका उद्योग ठूला उद्योगका रूपमा चिनिने गरेका छन् । उद्योग नवीकरणका लागि तोकिएको म्याद सकिएको ३५ दिनभित्र गरे जरिवाना नलाग्ने, ३५ दिनदेखि तीन महीनासम्म दोब्बर शुल्कमा, तीन महीनादेखि एक वर्षभित्रमा तेब्बर शुल्क लिएर नवीकरण गर्दै आएको कार्यालयले जनाएको छ ।

    नवीकरणका लागि एक वर्ष म्याद नाघिसकेपछि मन्त्रालयबाट नियमबमोजिम मात्र नवीकरण गर्ने व्यवस्था रहेको छ । जिल्लामा उद्योगहरू दिनानुदिन थपिँदै जाँदा धेरैलाई रोजगारीको पनि अवसर मिलेको छ । जिल्लाको सदरमुकाम तानसेनमा मात्र नभई गाउँगाउँमा पनि विभिन्न उद्योग, व्यवसाय सञ्चालन हुने क्रम बिस्तारै बढ्दै गएको पाइएको छ । जिल्लाको दोस्रो व्यापारिक केन्द्रका रूपमा रहेको रामपुर नगरपालिकाभित्र पनि पछिल्लो समय उद्योग खुल्ने क्रम बढ्दो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij