आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

म्यानपावरले चर्को शुल्क लिएपछि टर्कीबाट फर्काइए ३०० नेपाली कामदार

  • प्रकाशित मिति : बिहिबार, पुस १२, २०७५



  • काठमाडौं, १२ पुस ।  म्यानपावरले चर्को शुल्क असुलेको तथ्य फेला परेपछि टर्कीको एक रोजगारदाताले तीन सयभन्दा बढी नेपाली कामदारलाई स्वदेश फर्काइदिएको छ । म्यानपावरले कामदारसँग चर्को शुल्क उठाएको निहुँमा नेपाली कामदारलाई रोजगारदाताले फिर्ता गरेको यो सम्भवतः पहिलो घटना हो ।

    कामदार ल्याउँदा लाने सबै खर्च व्यहोरेको टर्कीको अंकारास्थित आइजिए एयरपोर्ट कम्पनीले म्यानपावर र दलालले ठूलो रकम असूल गरेको तथ्य फेला पारेपछि रकम तिर्ने कामदारलाई नै फिर्ता गरेको पीडितको गुनासो छ ।

    विभिन्न चरणमा १०–११ महिना अघि टर्कीको त्यो कम्पनीले युरो नेपाल र एचआर म्यानपावरमार्फत एक हजार तीनसय ५० कामदार लिएको थियो । तीमध्ये तीन सय २० जनालाई फर्काइदिएको र अरु फर्कने क्रममा रहेको उदयपुर, बेलका नगरपालिका १ का किरण वान्तवाले बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij