मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

पशुपति परिसरमा रहेको वृद्धाश्रम सार्ने तयारी, ज्येष्ठ नागरिक चिन्तित

  • प्रकाशित मिति : बिहिबार, पुस १२, २०७५



  • news

    काठमाडौं, पुस १२ । सरकारले काठमाडौंको पशुपति परिसरमा रहेको वृद्धाश्रम जीर्ण बनेको भन्दै अन्यत्र सार्ने तयारी गरेको छ ।

    संसदको विकास तथा प्रविधि समितिले पनि वृद्धाश्रमलाई नयाँ ठाउँमा सार्न सरकारलाई निर्देशन दिएको छ ।

    तर, यहाँ रहेका ज्येष्ठ नागरिकरुहरु भने सरकारी तयारीप्रति खुसी देखिँदैनन् ।

    वि.सं. १९३८ सालमा पञ्चदेवलकारुपमा निर्मित यो भवन २०३४ सालदेखि वृद्धाश्रमको नाममा सन्चालनमा आएको हो ।

    २०७२ सालको महाभूकम्पले जीर्ण बनेको यो भवनका अधिकांश संरचनाहरुले अहिलेसम्म पनि मुहार फेर्न सकेका छैनन् ।

    विश्व सम्पदा सूचीमा सूचीकृत क्षेत्रको यो भवनको जीर्णेद्दारभन्दा पनि अन्त सार्ने तयारी सरकारले गरेको छ ।

    तर, यहाँ आश्रय लिएर बसेका अधिकांश ज्येष्ठ नागरिकहरु पशुपति मन्दिर र आर्यघाटनजिक भएका कारण अन्य ठाउँमा जान अनिच्छुक देखिएका छन् ।

    हुन त आश्रममा थुप्रै भौतिकपूर्वाधारको कमी छ । फेरि पनि पवित्र तीर्थस्थल भएकाले यो भूमि उनीहरुलाई प्यारो छ । सांसारिक जीवनमा बेसाहरा भएका उनीहरुको सहारा पशुपतिनाथ नै हुन् ।

    सरकारले आफूहरुलाई अन्यत्र सार्ने कुरा सुनेपछि अधिकांश वृद्धवृद्धामा चिन्ता छाएको छ ।

    थुप्रै अभाव र कस्ट झेल्दै आएका केही आश्रमवासी नयाँ ठाउँमा भवन सार्ने कुरालाई सकारात्मकरुपमा पनि लिएका छन् ।

    कार्यालय प्रमुख मनोजकुमार बस्नेत भवन जीर्ण भएकैले बाध्य भएर सर्ने तयारी गरिरहेको तर्क गर्छन् ।

    वृद्धाश्रममा हाल १७० जना ज्येष्ठ नागरिकहरु रहेका छन् । कसैको आफ्नो परिवार छैन, कोही आफ्नै सन्तानबाट अपहेलित भएर आएका छन् ।

    उनीहरुको दिनचर्या दशकौंदेखि एउटै छ । जतिखेर खान दियो खाने अनि आराम गर्ने र कहिले–काहीँ सहयोग लिएर आएका व्यक्तिसँग रमाउने ।

    त्यसो त आफ्ना सन्तानबाट बिछोडिनु पर्दाको पीडा नभएको होइन । उनीहरु भन्छन्–‘हामी त डाँडामाथिका जून । हामीलाई जे गरे नि ठीकै ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij