आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कहिल्यै नगर्नुहोला यी १२ पाप जसलाई भगवानले कहिले माफी दिँदैनन!

  • प्रकाशित मिति : बिहिबार, पुस १२, २०७५



  • भगवान शिवलाई भोलेनाथ पनि भनिन्छ तर शिव जति ‘भोले’ (शान्त र सजिलै प्रसन्न हुने) देखिन्छन् उनको रिस त्यति नै प्रलयकारी छ । भनिन्छ, जुन दिन भगवान शिवले आफ्नो तेस्रो आँखा खोल्नेछन् त्यस दिन संसारको अन्त्य निश्चित छ । शिव पुराणमा कार्य, व्यवहार र सोचद्वारा गरिएको १२ पापबारे वर्णन गरिएको छ जसलाई भगवान शिवले कहिले पनि क्षमा गर्दैनन् ।

    यी १२ पाप गर्ने व्यक्तिले जीवनमा कहिल्यै सुखी जीवन बिताउन नसक्ने पनि बताइएको छ । तपाईंले सुन्न नै भएको होला, भगवानसँग केही पनि लुक्दैन । यहाँसम्म कि मानिसको मन–मस्तिष्कमा जुन कुराहरु खेल्ने गर्दछन् ती सबै कुरा भगवानलाई ज्ञान हुन्छ । त्यसकारण तपाईंले व्यवहारमार्फत कसैलाई पनि हानी नोक्सानी पुर्याउनु भएको छैन तर मनमा कसैप्रति दुर्भावना राख्नु हुन्छ भने त्यो पापको श्रेणीमा गनिन्छ ।

    शिव पुराणः सोचमार्फत गरिने पापः अरुका श्रीमान् वा श्रीमतीमाथि नराम्रो कुदृष्टि राख्नु । अरुका श्रीमान् वा श्रीमतीलाई पाउनु अभिलाषा राख्नु पनि पाप भएको शिव पुराणले बताउँछ । अरुको धन आफ्नो बनाउने चाहना राख्नु पनि भगवान शिवको नजरमा अक्षम्य अपराध र पाप हो ।

    कुनै निर्दोष र निरपराध व्यक्तिलाई कष्ट दिनु, उनलाई हानी नोक्सानी पुर्याउनु वा धन–सम्पत्ति लुट्नु, ती व्यक्तिका लागि बाधा निम्त्याउन वा योजना बनाउने व्यक्तिलाई पनि भगवान शिवले कहिले पनि माफी दिने छैनन् ।राम्रो कुरा बिर्सेर नराम्रो बाटो छान्ने व्यक्तिको पाप पनि अक्षम्य हुन्छ ।

    शिव पुराण अनुसार जुन प्रकार तपाईंले कसैलाई नराम्रो नगर्दा, उनका लागि नराम्रो सोच राखेका कारण पनि पापको हकदार र दण्डको श्रेणीमा आउने गर्दछन् त्यसै प्रकार तपाईंले आफ्नो कार्यबाट कसैलाई नराम्रो नगरेपनि तपाईंको बोली अक्षम्य पापको हकदार पनि बन्न सक्छ ।

    विशेषगरी यी तीन अवस्थामाः बोलीद्वारा गरिन् अक्षम्य पापः कुनै गर्भवती महिला वा महिनावारी भएका बेला कुनै महिलालाई कटु वचन भन्नु वा आफ्नो कुराले यी महिलाहरुको मन दुखाउनु शिवको नजरमा अक्षम्य अपराध र पाप हो । कसैको सम्मानमा हानी पुर्याउने नियतले झुटो बोल्नु ‘छल’ को श्रेणीमा आउँछ र ती व्यक्ति अक्षम्य पापको भागीदार हुने गर्दछन् ।

    समाजमा कसैको मान–सम्मानलाई हानी पुर्याउने नियतले उनको पिठ्युँ पछाडि कुरा गर्नु वा अफवाह फैलाउनु पनि अक्षम्य पाप हो । तपाईंको सोच वा कुरा बाहेक तपाईंले जीवनमा गर्ने ५ कार्य पनि पापको श्रेणीमा पर्ने गर्दछः धर्मले वर्जित गरेको खानेकुरा खानु वा धर्म विपरित कुनै कार्य गर्नु पनि शिवको नजरमा पाप हुने गर्दछ ।

    शिवका लागि अक्षम्य पाप कार्यः बच्चा, महिला वा कुनै पनि कमजोर प्राणीविरुद्ध हिंसा र असामाजिक कार्यमा लिप्त हुनु पापको सूचीमा पर्दछ।गलत तरिकाले अरुको सम्पत्ति हडप्नु, ब्राह्मण वा मन्दिर वा कुनै अन्य कुरा चोर्ने वा गलत तरिकारले हत्याउनाले पनि तपाईंलाई यो सूचीमा राख्ने गर्दछ ।

    गुरु, आमा–बुवा, श्रीमती वा पूर्वजहरुको अपमान बिर्सेर पनि गर्नुहुँदैन । रक्सी पिउनु, गुरुकी श्रीमतीसँग सम्बन्ध स्थापित गर्नु, दान दिइसकेको कुरा वा धन फिर्ता लिनु पनि पाप मानिन्छन् जसलाई भगवान शिवले कहिले पनि माफी दिँदैनन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij