प्रकाशित मिति : बिहिबार, पुस १२, २०७५
शिबराज पन्थी
देउखुरी, १२ पुस
गढवा गाउँपालिकाले विहीवार गाउँपालिका भरका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मिहरु तथा वडा अध्यक्षहरुलाई जन्मदोष सम्वन्धी अभिमुखीकरण गरेको छ ।
गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको अध्यक्षतामा भएको कार्यक्रममा जन्मीदै शारीरिक बिकृत लिएर जन्मने बच्चाहरुका बारेमा सचेतना कार्यक्रम गरिएको गाउँपालिकाका स्वास्थ्य सहसंयोजक कैलाश चौधरीले जानकारी दिनुभयो ।
जसमध्ये लिंगको फरक ठाउँमा प्वाल हुने, टाउकोमा पानी जम्ने, बिभिन्न प्रकारका अपांगता हुने, जन्मदै हातखुट्टा नहुने, आन्द्रामा समस्या देखिने, ठाडमा पुच्छर जस्तो भएर जन्मीने र औंला घटीबढी भएर जन्मने आदीका बिषयमा जन्मदोषका बारेमा सहभागीहरुलाई जानकारी गराइएको हो ।
जन्मदाष सम्बन्धी कारण र उपचारका बारेमा जिल्ला जनस्वास्थ्य कार्यालयका रेनु श्रेष्ठ र गढवा स्वास्थ्य चौकीका डाक्टर भरत पोखे्रलले प्रशिक्षण दिनु भएको थियो ।
कार्यक्रममा गढवा गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरी,प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसी, वडा अध्यक्षहरु बाबुराम अधिकारी, वालचन्द्र ठकूरी हमाल, गुलाम मोहम्मद, तुल्सीराम अधिकारी, सद्दाम सिद्दिकी,भक्तु चौधरी र राहुलदेव चौधरी लगायतले जिज्ञासा राख्नु भएको थियो । कार्यक्रमको संचालन स्वास्थ्य सहसंयोजक कैलाश चौधरीले गर्नुभएको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij