मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

झापाको मेचीनगरमा लागेको आगो दुई घण्टापछि नियन्त्रण, १३ घर जले (अपडेट)

  • प्रकाशित मिति : शुक्रबार, पुस १३, २०७५



  • बिर्तामोड : झापाको मेचीनगर-६ स्थित साठी बिघा भन्ने स्थानमा आगलागी हुँदा १३ घर जलेर नष्ट भएका छन्। बिहीबार राति करिब ८ बजेबाट सुरु भएको आगो राति पौने १० बजेमात्र नियन्त्रणमा आएको छ।

    आगो नियन्त्रणका लागि मेची नगरपालिकाको दमकलसहित स्थानीय र सुरक्षाकर्मी परिचालन थिए। अगालागीबाट मानवीय क्षति भने नभएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ। अन्य क्षतिको विवरण संकलन भइरहेको प्रहरीको भनाइ छ।

    ग्यास सिलिण्डर पट्किएर आगलागी भएको स्थानीयले बताए पनि आगलागीको कारण खुल्न सकेको छैन।

    आगो नियन्त्रणामा एक मात्र दमकल भएकाले समय लागेको स्थानीयले बताएका छन्। आगलागी भएको स्थानमा फुसका छाना भएकाले आगो चाँडो सल्किएको हो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij