मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

पहिलो पटक हाइकु प्रदर्शनी

  • प्रकाशित मिति : शुक्रबार, पुस १३, २०७५



  • परासी, पुस १३ (रासस) । सामान्यतः साहित्यिक रचनाहरु लेखन वा वाचन गरी स्रोता, दर्शक वा पाठकमाझ प्रस्तुत गरिन्छ । तर अब साहित्यलाई प्रदर्शनी पनि गरिने भएको छ । छोटो साहित्यको रूपमा परिचित हाइकु विधालाई प्रदर्शनी गरी आम जनसमुदायमा परिचित गराउन नेपालमा पहिलो पटक पश्चिम नवलपरासीमा नौलो अभ्यास गर्न लागिएको हो ।

    ‘कवि खगेन्द्र बस्यालको एकल हाइकु रचना प्रदर्शनी’ कार्यक्रम बर्दघाट नगरपालिका–१२ भटौलिया बजारमा पुस १४ गते जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको आयोजनामा हुन लागेको हो । नेपाल रेडक्रस सोसाइटी बुद्धमङ्गल उपशाखा, मझेरी आमा समूह र सिर्जनशील आमा समूह जहदाको सहआयोजना रहने सो कार्यक्रममा कवि बस्यालका हाइकुलाई प्लेकार्डमार्फत प्रदर्शन गरिने पुस्तकालयका अध्यक्ष सुरज केसीले जानकारी दिनुभयो ।

    कार्यक्रममा नवलपरासी, रुपन्देही, चितवनलगायतका वरिष्ठ साहित्यकार, साहित्यप्रेमी, आमा समूह, विद्यार्थी तथा सर्वसाधारण गरी करीब ५०० को सहभागिता रहने अपेक्षा गरिएको छ । कार्यक्रमबाट प्रत्यक्ष ५०० र अप्रत्यक्ष रुपमा एक लाख मानिसले हाइकुको बारेमा बुझ्ने र जानकारी लिन पाउने उहाँले बताउनुभयो ।

    स्थानीय मिडिया तथा सामाजिक सञ्जालबाट कार्यक्रमको प्रत्यक्ष प्रसारण हुने आयोजकले जनाएको छ । यसबाट साहित्यप्रति थप रुचि जाग्ने र हाइकुलाई परिचित गराई नेपाली साहित्यमा स्थापित गराउन थप मद्दत पुग्ने आयोजकको विश्वास छ । हाइकुको माध्यमबाट देशको परिस्थितिलाई झक्झक्याउने भएकाले कवि बस्यालको कलालाई उजागर गर्न समेत प्रदर्शनीले टेवा पुग्ने कार्यक्रम संयोजक साहित्यकार दीपक बरालले बताउनुभयो ।

    तीन हरफे र सत्र अक्षरको संरचनामा लेखिने हाइकु विधा अन्य विधाभन्दा छोटो हुने भएकाले नेपालमा नयाँ प्रयोग गर्न लागिएको उहाँको भनाइ छ । हाल रुपन्देही निवासी बस्यालले नवलपरासी, रुपन्देही, पाल्पा, स्याङ्जालगायतका जिल्लामा पुगेर हाइकु सुनाउने गर्नुभएको छ । प्रकृतिप्रेम, देशप्रेम अनि राजनीति र विविधता पाइने उहाँको हाइकुले नेपाली साहित्यमा छुट्टै स्थान बनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij