मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

सात वर्षपछि दमास्कसमा युएईको दूतावास पुनः स्थापना

  • प्रकाशित मिति : शुक्रबार, पुस १३, २०७५



  • दमास्कस, १३ पुस (रासस/एएफपी) । युनाइटेड अरब इमिरेट्स (युएई) ले सिरियाको दमास्कसमा आफ्नो राजदूतावास पुनः खोलेको छ । युएईको उक्त कदमले सिरिया सरकारलाई अरब मुलुकको सामिप्यमा ल्याउने विश्वास गरिएको छ ।

    सिरियाली सरकार परिवर्तन हुनुपर्ने भन्दै राष्ट्रव्यापी प्रदर्शन भएपछि युएईले सन् २०१२ को फेब्रुअरीमा सिरियासँगको सम्बन्ध विच्छेद गरेको थियो ।

    झण्डै सात वर्षपछि दमास्कसमा आयोजित विशेष समारोहमा युएईको झण्डा राजदूतावासमा फहराइएको छ । उक्त कार्यक्रममा कुटनीतिक व्यक्तित्वहरु र पत्रकारहरुको बाक्लो उपस्थिति थियो ।

    राजदूतावासले जारी गरेको विज्ञप्तिमा हाल कार्यबाहक राजदूतले काम थालिसक्नुभएको उल्लेख छ । दूतावासले दुबै देशबीचको सम्बन्धलाई पुनः सामान्य बनाउन युएई तत्पर रहेको जनाएको छ ।

    युएईको राजदूतावास खुल्न लागेको खबर दमास्कसमा केहीदिन अघिदेखि नै फैलिएको थियो । केही दिन अघिदेखि नै दूतावास भवनको मर्मत कार्य हुन थालेको देखिएको थियो ।

    सुडानका राष्ट्रपति ओमार अल–बासिरले पनि यही महिनाको शुरुमा सिरियाको भ्रमण गर्नुभएको थियो । युएईले राजदूतावास पुनः खोले लगत्तै बहराइनले पनि आफ्नो राजदूतावास पुनः खोल्ने सङ्केत दिएको छ । यो दूतावास पनि सन् २०१२ को मार्च महिनाबाट बन्द छ ।

    सिरियालाई अरब लिगको सदस्यबाट सन् २०१२ मा निलम्बित गरिएको थियो । धेरैवटा खाडी मुलुक र उत्तर अफ्रिकी मुलुकहरुले सिरियाली सत्ता परिवर्तन हुनुपर्ने माग गरिआएका थिए ।

    सिरियाली गृहयुद्धका कारण तीन लाख ६० हजारभन्दा बढी नागरिकको ज्यान गइसकेको छ ।

    सन् २००० देखि सत्तामा रहेका सिरियाली राष्ट्रपति असादको शासनसत्ता विद्रोहीको आक्रमण र जनताको तिब्र विरोधका कारण सङ्कटमा परेको थियो । तर, रसियाले सन् २०१५ देखि सैनिक सहायता र फौज उपलब्ध गराएपश्चात असादको शासन टिकेको छ, तर यसको ठूलो मूल्य सिरियाली जनताले चुकाउनु परेको छ ।

    सिरियाली सेना र समर्थक लडाकूले सिरियाको अधिकांश भूभाग पुनः कब्जा गरेका छन् । उनीहरुले राजधानी दमास्कस सहित मुलुकका अन्य मुख्य व्यापारिक मार्गहरुमा नियन्त्रण कायम गरेका छन् ।

    पछिल्ला केही हप्तादेखि कूटनीतिक गतिविधि सिरिया र दमास्कसमा तिब्र रुपमा बढेका छन् । अर्को वर्षको मार्चमा ट्युनिसमा अरब लिगको बैठक हुन लागेकाले पनि कुटनीतिक चहलपहल बढेको हो ।

    सीमा खुलेसँगै हालैका सातामा जोर्डनसँगको व्यापार शुरु भएको छ । वर्षौंपछि बिहीबार दमास्कस–ट्युनिसिया व्यापारिक उडान भएको छ । सन् २०११ पछि पहिलोपटक चाम विङ्स एयरलाइन्सले सिरिया–ट्युनिसिया सिधा उडान गरेको हो ।

    दुबै देशबीचको पर्यटक आवागमनलाई यो उडानले मद्दत गर्नेछ, पर्यटन व्यवसायी मोताज तार्बिनले बताउनुभयो । अरु अरब मुलुकले सिरियामाथि के कस्तो व्यवहार गर्दछन् अहिल्यै भन्न नसकिने मोताजको भनाइ छ ।

    युएई र बहराइन छ राष्ट्र सम्मिलित “गल्फ कोअपरेसन काउन्सिल”मा सदस्य छन् । यो काउन्सिलले सन् २०१२ देखि नै सिरियामाथि कडा कदमको माग गरिआएका छन् र सिरियाका विपक्षीहरुलाई मद्दत गरिरहेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij