प्रकाशित मिति : शनिबार, पुस १४, २०७५
काठमाडौं, १४ पुस । काठमाडौँ उपत्यकासहित मुलुकभरको मौसम आज सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसमविद शुवास रिमालले बिहानीपख केही स्थानमा बाक्लो हुस्सु तथा कुहिरो लागेको भएपनि बिस्तारै हट्ने र दिउँसो पारिलो घाम लाग्ने सम्भावना रहेको जानकारी दिए । उनका अनुसार काठमाडौँ उपत्यकामा पनि आज दिउँसो घाम लाग्नेछ ।
आज बिहान ६ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम १४ देखि १६ डिग्री सेल्सियसको बीचमा रहने अनुमान गरिएको छ । शुक्रबार यस वर्षकै सबैभन्दा कम १ दशमलव ४ डिग्री सेल्सियस न्यूनतम तापक्रम मापन भएको थियो ।
मौसमविद रिमालले यसवर्ष न्यूनतम तापक्रम अझै घट्ने सक्ने सम्भावना रहेको जानकारी दिए तर माइनसमै झर्ने सम्भावनाबारे अहिले नै भन्न नसकिने बताए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij