मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

मेलमिलापमार्फत विवाद समाधान गर्न केन्द्र स्थापना

  • प्रकाशित मिति : शनिबार, पुस १४, २०७५



  • पोखरा, १४ पुस (रासस) । पोखरा महानगरपालिकाले वडा तहका विवाद वडामै समाधान गर्ने उद्देश्यका साथ मेलमिलाप केन्द्र स्थापना गर्ने कार्यलाई तदारुकता दिएको छ ।

    अदालतको झन्झटिलो प्रक्रिया र आर्थिक रूपमा समेत पर्ने व्ययभारलाई कम गर्दै स्थानीय तहबाटै विवादको निरुपण गरी मेलमिलाप गर्ने लक्ष्यका साथ न्यायिक समितिको परिकल्पना गरिएको महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले बताउनुभयो ।

    पोखरा महानगरपालिका–१३ मा स्थापना गरिएको मेलमिलाप केन्द्रको उद्घाटन गर्दै उहाँले समाजमा छलफलका माध्यमबाट दुवै पक्षले जितेको अनुभूति हुने गरी मेलमिलाप पक्षले समाधान खोज्ने विश्वास व्यक्त गर्नुभयो । वडाभित्रका विवाद मिलाउने जिम्मा मेलमिलापकर्ताको भएको उल्लेख गर्दै उहाँले उक्त वडामा १३ जना मेलमिलापकर्ता सूचीकृत गरिएको जानकारी दिनुभयो ।

    बालबालिका विद्यालय भर्ना भएको घोषणा

    आधारभूत तहसम्मको शिक्षा अनिवार्य गर्ने व्यवस्थाअन्तर्गत पोखरा महानगरपालिका–१ का सम्पूर्ण बालबालिका विद्यालय भर्ना भएको वडा घोषणा गरिएको छ । नेपालको संविधानले आधारभूत तहलाई अनिवार्य गर्ने व्यवस्था गरेअनुसार विद्यालय उमेर समूहका (५ देखि १२) वर्षसम्मका सम्पूर्ण बालबालिकाका लागि विद्यालयको सुनिश्चितता वडा शुक्रबार आयोजित एक कार्यक्रमका बीच पोखरा महानगरका उपप्रमुख गुरुङले घोषणा गर्नुभयो ।

    विद्यालय बाहिर रहेका तीन विद्यार्थीलाई विद्यालयमा भर्ना गरी विद्यालय प्रवेश गराएसँगै सुनिश्चितता वडा घोषणा गर्दै उहाँले घोषणाभन्दा त्यसको निरन्तरता महत्वपुर्ण भएको बताउनुभयो । विद्यालय निरीक्षक विश्वराज आचार्यले वडा नं १ मा तीन सरकारी र १० निजी विद्यालय रहेको बताउँदै सरकारी विद्यालयमा २० हजार ४१७ र निजीमा चार हजार ३०५ विद्यार्थी अध्ययनरत रहेको जानकारी दिनुभयो ।

    विद्यालयहरु सेनेटरी प्याडयुक्त घोषणा

    विद्यालयमा सेनेटरी प्याड नहुँदा छात्राले समस्या भोग्नुपरेको र विद्यालयसमेत छाड्ने अवस्था सिर्जना हुने गरेको भन्दै पोखरा महानगरभित्रका शैक्षिक संस्थालाई सेनेटरी प्याडयुक्त बनाउने अभियान सञ्चालन गरिएको छ ।

    रजस्वला महिलामा हुने प्राकृतिक अवस्था भएकाले विद्यालय गएका छात्राले प्याड नहुने र आफनो समस्या बताउन अप्ठ्यारो मान्ने भएकाले विद्यालय छाड्ने गरेका कारण विद्यालयमै सेनेटरी प्याड उपलब्ध गराइने भएको हो । पोखरा महानगरपालिकाका उपप्रमुख गुरुङले वडा नं ८ भित्र रहेका दुई सामुदायिक र १६ निजी विद्यालयलाई सेनेटरी प्याडयुक्त वडा घोषणा गर्नुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij