आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पाँचथरका विभिन्न स्थानमा हिमपात

  • प्रकाशित मिति : शनिबार, पुस १४, २०७५



  • हिलिहाङ, १४ पुस (रासस) । पूर्वी पहाडी जिल्ला पाँचथरको विभिन्न स्थानमा हिमपात भएको छ । हिमपातबाट त्यस क्षेत्रको जनजीवन प्रभावित भएको छ ।

    पाँचथरको मेची राजमार्गअन्तर्गत पौवा भञ्याङ, राँके, लालीखर्क, कान्छीदोनकान लगायतका स्थानमा हिउँ परेको छ । त्यस क्षेत्रमा डेढ फिट बाक्लो हिउँ परेको छ । हिउँ परेपछि त्यस ठाउँका स्थानीयवासी घरबाहिर निस्कन सकेका छैनन् । सडकमा हिमपात भएपछि सवारीसाधन समेत चिप्लेर दुर्घटनाको जोखिम बढेको छ । हिमपातपछि चिसो बढेसँगै बालबालिका र वृद्धवृद्धालाई बढी समस्या भएको छ ।

    जिल्लाको माथिल्लो भेग मेमेङ, प्राङबुङ, सिदिनलगायतका स्थानमा समेत हिमपात भएको स्थानीयवासीले बताएका छन् । कहिल्यै हिउँ नपर्ने स्थान पाँचथरको घुर्विसे पञ्चमीमा समेत हिउँ परेपछि त्यस क्षेत्रको जनजीवन प्रभावित बनेको स्थानीयवासी सुजन चेम्जोङले बताउनुभयो ।

    हिउँ परेपछि त्यस क्षेत्र हिउँ खेल्ने स्थानीय पर्यटकको घुइँचो लागेको छ । सदरमुकाम फिदिम बजारका स्थानीयवासी पौवाभन्ज्याङ, सुकेपोखरी, साँधुटार लगायतका स्थानमा हिउँ खेल्ने गर्छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij