आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

फिलिपिन्समा ६.९ म्याग्निच्युडको भूकम्प

  • प्रकाशित मिति : शनिबार, पुस १४, २०७५



  • मनिला, १४ पुस (रासस÷एएफपी) । फिलिपिन्सको मिन्दानाओ द्वीपलक्षित शनिबार ६.९ म्याग्निच्युडको भूकम्प गएको छ । सो भूकम्पको कम्पन देशको दक्षिण भाग र छिमेकमा पर्ने देश इन्डोनेसियामा समेत महसूस गरिएको छ ।
    सो भूकम्पको केन्द्रबिन्दु दाभाओ शहरको दक्षिणपूर्वी भागको आसपासको इलाकामा ५९ मिटर गहिराईमा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जानकारी दिएको छ ।

    छिमेकी देश इन्डोनेसियामा ज्वालामूखि विस्फोटपछि आएको सुनामीमा परी चार सय व्यक्तिको मृत्यु भएको घटनाको एक हप्तापछि सो भूकम्प आएको हो ।

    यस भूकम्पपछि प्रशान्त महासागर सुनामी चेतावनी सेन्टरले ‘हजारडोअस’ नामक सुनामीको सानो छाल उठ्ने अनुमान गरिएको छ । इन्डोनेसिया र फिलिपिन्सको तटीय क्षेत्रमा सो सुनामी छालको अनुमान गरिएको हो यद्यपी सुनामीको छाल ३० सेन्टीमिटर भन्दा कम हुने पनि अनुमान गरिएको छ ।
    फिलिपिन्समा सर्वसाधारण व्यक्तिलाई समूद्र र तटीय क्षेत्रमा नजानको लागि फिलिपिन्स सरकारले सतर्क गराएको छ ।

    युएसजिएसका अनुसार यसबाट भूकम्पपछि मानवीय र भौतिक क्षतिको कम मात्र सम्भावना रहेको छ । फिलिपिन्स र इन्डोनेसियामा भूकम्प र ज्वालामूखि विस्फोटको घटना बराम्बर भएको पाइन्छ ।
    सन् २०१३ मा मध्य फिलिपिन्सलक्षित ७.१ म्याग्निच्युडको भूकम्पमा परी २२० भन्दा बढी सर्वसाधारणको मृत्यु हुनुका साथै कैयौ ऐतिहासिक चर्च ध्वस्त भएका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij