मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

मृतकका परिवारलाई गाउँपालिकाबाट राहत

  • प्रकाशित मिति : आइतवार, पुस १५, २०७५



  • बेत्रावती, १५ पुस (रासस) । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङडाँडामा गत मङ्सिर २८ मा मिनीट्रक दुर्घटनामा परी ज्यान गुमाएका व्यक्तिको परिवारलाई राहतस्वरुप शनिबार गाउँपालिकाले प्रतिमृतक व्यक्तिका परिवारलाई रु २५ हजार उपलब्ध गराएको छ ।

    गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङ, उपाध्यक्ष अञ्जु आचार्य र प्रमुख प्रशासकीय अधिकृत रामहरि गजुरेलसहितको टोलीले २१ जना मृतकका परिवारलाई भेट गरी मृतकको धार्मिक संस्कारअनुसार परम्परागत कार्य गर्नका लागि राहतस्वरुप सो रकम उपलब्ध गराएको हो ।

    मिनीट्रक दुर्घटनामा परी ज्यान गुमाएका व्यक्तिका परिवारको आर्थिक अवस्था निकै कमजोर भएको र मिनीट्रकमा यात्रुको बीमासमेत नहुने भएकाले सहयोगस्वरुप राहत रकम घरघरमै पुगेर उपलब्ध गराएको गाउँपालिकाको अध्यक्ष तामाङले बताउनुभयोे ।

    सोही समयमा ज्यान गुमाएका व्यक्तिको मृत्यु दर्ता पनि वडा कार्यालयमार्फत घरघरमै गएर प्रदान गरिएको छ । उक्त दुर्घटनामा परी ज्यान गुमाएका व्यक्तिको आर्थिक अवस्था निकै कमजोर भएकाले सहयोगका लागि गाउँपालिकाले गरेको अपिलअनुसार नुवाकोटको पञ्चकन्या गाउँपालिका–४ थप्रेकका ईश्वर कार्कीमार्फत सङ्कलन भएको रु ४४ हजारमा नेविसङ्घका जिल्ला नेता कृष्ण मिश्रले रु छ हजार थप गरी त्यो रकमसमेत गाउँपालिकामार्फत मृतक व्यक्तिका परिवारलाई सहयोग स्वरुप उपलब्ध गराइएको छ ।

    यसैगरी, नुवाकोटको शिवपुरी गाउँपालिकाले मृतक व्यक्तिका परिवारलाई सहयोगस्वरुप रु दुई लाख १० हजार दुप्चेश्वर गाँउपालिकालाई उपलब्ध गराएको उपाध्यक्ष अञ्जु आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार त्यो रकम अब गाउँपालिकाले प्रतिमृतक व्यक्तिको परिवारलाई रु दश-दश हजार उपलब्ध गराउने भएको छ ।

    दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई सहयोगस्वरुप दुप्चेश्वर गाउँपालिका–७ शिखरबेँसीका व्यवसायी सुशील खड्काले यसअघि प्रतिमृतकका परिवारलाई रु दश÷दश हजार उपलब्ध गराउनुभएको थियो ।

    सो दुर्घटनामा घटनास्थलमा नै १८ जना र उपचारको क्रममा थप तीन गरी २१ जनाको मृत्यु भएको थियो भने गम्भीर घाइते १३ जनाको अहिले पनि काठमाडाँैका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

    उनीहरुको उपचारका क्रममा आर्थिक अभाव भएकाले सहयोगका लागि गाउँपालिकाले गरेको अपिलअनुसार दाताबाट सहयोग जुट्ने क्रम पनि जारी रहेको छ । हालसम्म तामाङ समाज अमेरिकाको तर्फबाट संस्थाका महासचिव बुद्धिमान तामाङको पहलमा रु एक लाख, दुप्चेश्वर गाउँपालिका–६ समुन्द्रटारका मधुकर पाण्डेबाट रु एक लाख, हिरारत्न जलविद्युत् आयोजनाले रु ५० हजार, सामुदायिक विकास केन्द्र नुवाकोटले रु ३९ हजार, शिक्षक सङ्घ नुवाकोटले रु ११ हजार, दुप्चेश्वर गाउँपालिका–५ का वडासदस्य होमबहादुर तामाङले रु नौ हजार उपलब्ध गराएको गाउँपालिकाले जनाएको छ ।

    घाइतेहरुको उपचारका लागि यहाँका जनप्रतिनिधिको पहलमा नेपाल सरकारले निःशुल्क उपचारका लागि प्रबन्ध गराउन पहल भइरहेको जनाएको छ ।
    सो दुर्घटनापश्चात चालक रामभक्त थापा र सहचालक साने बुढाथोकी अझै फरार रहेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij