प्रकाशित मिति : आइतवार, पुस १५, २०७५
काठमाडौँ, १५ पुस (रासस) काठमाडौँ टोखा नगरपालिका–७ स्थित साहन्सा होटलको निर्माणाधिन भवनमा बस्ने बर्दिया बारबर्दिया नगरपालिका–१ का ४२ वर्षीय रामकुमार चौधरी आज बिहान सुतेकै ठाउँमा मृत अवस्थामा फेला परेका छन् ।
उनको मृत्युको कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । काठमाडौँ महानगरपालिका–२९ घट्टेकुलो बस्ने मोरङ उर्लावारी नगरपालिका–९ का ४५ वर्षीय खेमराज बरालको कोठाबाट शनिबार साँझ नगद र सुनका गरगहनासमेत गरी करीब रु ८१ हजार बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij