मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

पत्रकार महासङ्घ सुनसरीको भवन निर्माण

  • प्रकाशित मिति : सोमवार, पुस १६, २०७५



  • इनरुवा, १६ पुस (रासस) । नेपाल पत्रकार महासङ्घ सुनसरीले करीब रु २२ लाखको लागतमा सुविधा सम्पन्न हलसहितको दुई तले भवन निर्माण सम्पन्न गरेको छ ।

    महासङ्घको ११ औँ वार्षिक साधारणसभाका अवसरमा आइतबार प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले सो भवनको उद्घाटन गर्नुभयो । चार वर्ष अघि महासङ्घको नाममा प्राप्त भएको एक तले भवनलाई थप गर्दै दुई तले भवन निर्माण गरेको महासङ्घका सुनसरी सदस्य अजितकुमार झाले जानकारी दिनुभयो ।

    महासङ्घ स्थापना भएको ५ दशकपछि सुनसरीले आफ्नै भवन निर्माण गर्न सफल भएकोमा जिल्लाका अग्रज पत्रकारले प्रशंसा गरेका छन् ।
    विसं २०७१ मा अमर सेवा समाजले सञ्चालन गर्दै आएको भवनलाई नगरपालिका, राजनीतिक दलको पहलमा पत्रकार महासङ्घको कार्यालय राख्न दिइएको थियो । दुई वटा कोठा भएको भवनमाथि अहिले सभाहल निर्माण भएको हो ।

    त्यसको लागि बराहले रु १५ लाख ५० हजार सहयोग गरेको छ भने धरान उपमहानगरपालिकाबाट रु दुई लाख, सञ्चार मन्त्रालयबाट रु पाँच लाख र धरान फुटबल क्लबले रु ५० हजार सहयोग गरेको महासङ्घका कोषाध्यक्ष गोविन्द बस्नेतले बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij