आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आर्मीको दोस्रो स्थानको दावेदारी कमजोर, बीबीसीले फ्रेन्ड्सलाई हरायो

  • प्रकाशित मिति : सोमवार, पुस १६, २०७५



  • काठमाडौं, पुस १६ । त्रिभुवन आर्मी क्लबको दोस्रो स्थानमा रहेर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल सकाउने सम्भावना कमजोर बनेको छ ।

    १२औं चरणको खेलमा सोमबार जावलाखेल युथ क्लबसित गोलरहित बराबरी खेलेपछि आर्मीको दोस्रो स्थानमा रहने सम्भावना लगभग सकिएको हो ।

    सशस्त्र प्रहरीको हलचोक मैदानमा भएको खेलमा आर्मीले गोलका लागि गरेका आधादर्जन प्रयास जावलाखेलको डिफेन्स लाइनले विफल बनाएको थियो ।

    बीबीसीले फ्रेन्ड्सलाई ३–० ले हरायो

    सोमबारै भएको अर्को खेलमा ब्रिगेड ब्वाइज क्लब (बीबीसी)ले फ्रेन्ड्स क्लबलाई ३–० ले हरायो ।

    एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको बीबीसीको एकतर्फी खेलमा काजिम बुसारीले दुई तथा अब्दु सियाले एक गोल गरे ।

    एकै खेलमा १० गोल

    सोमबारै भएको पहिलो खेलमा न्यूरोड टिम (एनआरटी)ले मच्छिन्द्र क्लबसित ५–५ गोलको बराबरी खेल्यो ।

    एन्फा कम्प्लेक्समै भएको खेलको ३० मिनेटमै मच्छिन्द्रले ४–१ को अग्रता लिएर पनि बराबरीमै चित्त बुझाउनुपर्‍यो ।

    एनआरटी पुछारमै

    लिगमा ११ खेलबाटै उपाधि जितिसकेको मनाङ–मस्र्याङ्दी क्लबको ३३ अंक छ भने दोस्रो स्थानको संकटा क्लबको २५ तथा तेस्रो स्थानको थ्रीस्टार क्लबको २३ अंक छ ।

    एक खेल बढी खेलेको आर्मीको २२ अंक हुँदा नेपाल पुलिस क्लबको १८ तथा हिमालयन शेर्पा क्लब र सशस्त्र प्रहरीको समान १७ अंक छ ।

    ६ अंकबाट एनआरटी पुछारमै रहेको छ भने ७ अंकबाट मच्छिन्द्र १३औं तथा ९ अंकबाट फ्रेन्ड्स १२औं स्थानमा छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij