मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

उत्पादित सामाग्रीको बजार खोज्दै युवा महिला

  • प्रकाशित मिति : मङ्लबार, पुस १७, २०७५



  • २०७५÷०९÷१७

    राजापुर वर्दिया ,मधु पौडेल

    बर्दिया जिल्ला राजपुर नगरपालिका –६ मा सञ्चालनमा ल्याएको चाउमिन उद्योगले बजार नपाउँद निकै समस्या भएको छ ।
    स्थानिय युवा महिलाहरुको एक समुहले सुरु गरेको चाउमिन उद्योगबाट उत्पादन गरेको चाउमिनले बजार नपाउँदा युवा महिला उद्यमी निकै निरास भएका छन ।
    पैतालिस दिनको तालिम पछि केही गरौ भनेर सञ्चालन गरेको चाउमिन उद्योगबाट उत्पादनले बजार नपाउँदा निकै अप्ठारो परीरहेको बताउछिन उद्योग सञ्चालक समुहकी युवा महिला सदस्य अरुणा चौधरी । सदस्य चौधरी भन्छिन,“हामीहरुले उत्पादन गरेको सामाग्रीको कुनै बजार भएन ,बजारीकरणका लागि हामीले गर्ने कोसीस त गरेका छौ तर विक्री नै हुदैन ” ।

    सुरुसुरुमा सबैको राम्रै प्रतिक्रिया आएपनि पछि उद्योगबाट उत्पादन भएको चाउमिनले राम्रो वजार पाउन सकेको छैन यसबारेमा हामीले सोही वडा का वडा अध्यक्ष महेश्वर चौधरीले आफुले वडाबाट हुने सहयोग गर्ने प्रतिवद्धता जनाएका छन ।

    अध्यक्ष चौधरीले भने,“मैले वडाबाट हुने हरेक सहयोग गर्ने छु ,वडामा यस्ता प्रकारका उद्योगहरु स्थापना हुनु भनेको हाम्रै लागि हो ,”। टपरा चाउमिन उद्योगका नामले सञ्चालीत उक्त उद्योगमा दुर्गा चौधरी लगाएत अन्य नौ जनाको संलग्नता रहेको छ ।

    यसैगरी नगरपालिका सोही वडामा युवा महिलाहरुले वेत सम्वन्धी उद्योग सञ्चालनमा ल्याएका छन उनीहरुको अवस्था पनि चाउमिन उद्योगको जस्तै रहेको छ देखीन्छ । करिव पैतालिस दिन सम्म वेतका सामाग्री उत्पादनका लागि तालिम प्राप्त गरी उद्योग सञ्चालनमा ल्याएकी दिलमाया थारुले पनि अरुण जस्तै आफुहरुले उत्पादन गरेको सामाग्रीको राम्रा्े बजार नहुदाँ निकै समास्य परेको बताउछिन ।

    स्थानियहरुले पनि सामाग्रीका ग्रहकहरु भए पनि सोचे जस्तो व्यापार गर्न नसकिएको थारुले बताइएन । चारजना मिलेर सञ्चालन गरेको उक्त उद्योगलको सञ्चालनका लागि बाकेमा रहेको राइजिङ आइडल र प्लान इन्टरनेशनल नेपालको सहयोगले गरेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij