आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सन्दीपको टिम मेलबर्न स्टार्स तेस्रो स्थानमा

  • प्रकाशित मिति : मङ्लबार, पुस १७, २०७५



  • १७ पुस, काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टिम मेलबर्न स्टार्स बिग ब्यास लिग क्रिकेटको तेस्रो स्थानमा उक्लिएको छ ।

    मेलबर्न क्रिकेट मैदानमा आज भएको खेलमा मेलबर्न रिनेगाडेसलाई सात विकेटले पराजित गर्दै मेलबर्न स्टार्स तेस्रो स्थानमा उक्लिएको हो ।

    १४९ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको मेलबर्न स्टार्सले १७.५ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा ग¥यो । मेलबर्न स्टार्सको जितमा मार्कुस स्टोइनिसले अविजित ७८ रन बनाए ।

    उनले ४९ बलमा चार छक्का र चार चौका प्रहार गरेका थिए । त्यस्तै, कप्तान ग्लेन म्याक्श्वेलले ३३ रन बनाउँदा बेन डंकले ३२ रन बनाए ।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मेलबर्न रिनेगाडेसले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४८ रन बनाएको थियो । रिनेगाडेसका लागि ड्यानियल क्रिष्टियनले ३२ र साम हारपरले ३० रनको योगदान दिएका थिए ।

    नउनले मेलबर्न रिनेगाडेसका कप्तान टोम कोपरलाई १० रनमा एलबिडब्लु आउट गराए । सन्दीपले चार ओभर बलिङ गर्दै ३१ रन खर्चेर एक विकेट लिए । चार खेलबाट सन्दीपले कुल आठ विकेट लिएका छन् ।

    पहिलो खेलमा सिड्नी थन्डरविरुद्ध सन्दीपले दुई विकेट लिएका थिए । त्यस्तै दोस्रो खेलमा होबार्ट हुरिक्यानेसविरुद्ध तीन विकेट लिएका थिए । तेस्रो खेलमा सिड्नी सिक्सर्सविरुद्ध पनि दुई विकेट लिएका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij