मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

खुसीको खबर : सरकारले आउँदो माघ १ गतेदेखि जन्मिने छोरीको जीवन विमा गरिदिने

  • प्रकाशित मिति : बुधबार, पुस १८, २०७५



  • काठमाडौं । प्रादेशिक सरकारले आउँदो माघ १ गतेदेखि जन्मिने शिशुको जीवन विमा गरिदिने भएको छ । प्रदेश २ सरकारले आउँदो माघ १ गतेदेखि जन्मिने नवजात शिशुको जीवन विमा गरिदिने भएको हो । सो प्रदेशमा रहेका आठ वटै जिल्लाबाट एक एक गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका गरी ८ वटा स्थानीय तहको सबै वडाका हरेक शिशुलाई जन्मिएपछि विमा गरिदिने प्रादेशिक जनाएको छ ।

    तराईमा छोरीलाई गर्भमै भ्रुण हत्या गरी जन्मिनुबाटै रोक्ने कुप्रथाको अन्त्य गरी छोरी भएर जन्मिन पाउने प्राकृतिक अधिकार प्रत्याभूती दिलाउन जीवन विमा गरिदिन लागेको मूख्यमन्त्रीको कार्यालयले जनाएको छ । मूख्यमन्त्री मोहम्मद लालबाबु राउतले बेटी बचाउ, बेटी पढाउ नीति तथा कार्यक्रम अन्तर्गत प्रदेश २ को ८ जिल्ला सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, रौतहत र पर्साको ८ वटा स्थानीय तहको सबै वडामा जन्मिने नवजात शिशुको नाममा जीवन विमा गरिदिन लागेको बताए ।

    प्रदेश २ सरकारले घोषणा गरेको बेटी बचाउ, बेटी पढाउ नीति तथा कार्यक्रम कार्यन्वयन गर्दै पहिलो चरणमा माघ १ गतेदेखि जन्मिने हरेक शिशुको नाममा एक लाख २५ हजार रुपैंयाँ बराबरको विमा गरिदिन लागेको मूख्यमन्त्री राउतले बताए ।

    पहिलो चरणमा ८ जिल्लाको ८ वटा स्थानीय तहमा लागू गरेपनि दोश्रो, र तेश्रो हुँदै चरणवद्ध रुपमा बजेट तर्जुमा गरी ८ वटै जिल्लाको सबै स्थानीय तहको वडा तहसम्म घर घरसम्म विस्तार गर्ने लक्ष्य रहेको मुख्यमन्त्री राउतले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij