मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

चिल्ड्रेन पार्क सञ्चालनमा

  • प्रकाशित मिति : बिहिबार, पुस १९, २०७५



  • मधु पौडेल नेपालगञ्ज पुष १९ गते–

    नेपालगञ्ज उप–महानगरपालिका वडा न ४ मा निर्मीत चिल्डे«न पार्क सञ्चालनमा ल्याइएको छ । उपमहानगरपालिकाका नगर प्रमुख डा. धवलशम्शेर राणाले आज रिवन काटेर पार्कको उदघाटन गरे ।

    नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा वडा नं. ४ स्थित वडा कार्यालय परिसरमै आधुनिक चिल्ड्रेन पार्क बनेको हो ।


    २६ लाख ५० हजारको लागतमा निर्मीत पार्कको चारैतिर सुन्दर पर्खाल, वीचभागमा पानीको फोहरा, लाइटिङ, झुला लगायत खेल सामाग्री रहेको चिल्ड्रेन पार्क उपभोक्ता समितिका अध्यक्ष मोहम्मद सलीम मुसलमानले बताए ।

    उदघाटन समारोहमा बोल्दै नगर प्रमुख रााणाले हरेक वडामा चिल्ड्रेन पार्कको अवधारण अघि सारिएको भन्दै पार्कलाई व्यवस्थित सञ्चालन गर्न सुझाव समेत दिए । यस्तै नगर उपप्रमुख उमा थापा मगरले दिर्घकालिन सोंच राखेर वडाले आफना कार्यक्रम र योजना लागु गर्नु पर्ने बताईन।

    कार्यक्रममा पुर्व सांसद भोला सिद्यीकी, नेकपाका बाँके प्रमुख अकल बहादुर बम लगायतले शुभकाना मन्तव्य दिएका थिए ।

    वेवारिसे अवस्थामा रहेको जग्गालाई बाल मनोरम स्थल तथा पार्क बनाइएको वडा नम्वर ४ का अध्यक्ष मोहम्मद सफिक बेहनाले बताए ।

    बाल उद्यान निर्माण सम्पन्न भएपछि नगरभित्र बालबालिका लागि अर्को मनोरञ्जन स्थल थपिएको उपमहानगरपालिकाले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij