मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

परासीबजारमा भइरहेका अधिकांश निर्माणका काम गुणस्तरहीन

  • प्रकाशित मिति : बिहिबार, पुस १९, २०७५



  • नवलपरासी । पश्चिम नवलपरासीको सदरमुकाम परासीबजारमा भइरहेका धेरैजसो निर्माणका कामहरु गुणस्तरहीन भएको पाइएको छ ।

    काममा मनोमानी देखिँदासमेत सम्बन्धित निकायले नजरअन्दाज गरेपछि स्थानीयवासी आक्रोशित बनेका छन् ।

    नवलपरासीको सदरमुकाममा अहिले ‘सघन शहरी कार्यक्रम’ अन्तर्गत २ अर्बको लागतमा  विभिन्न विकास निर्माणका कामहरु भइरहेका छन् ।

    जसमध्ये अहिले सदरमुकामको परासी–सुनवल सडक खण्डअन्तर्गत ‘फोर लेन’सहितको डेढ किमि सडक र नाला विस्तारका लागि महालक्ष्मी सुनकोशी वल्र्डवाइड जेभी काठमाण्डौंले १४ करोड रुपैयाँमा ठेक्का लिएको छ ।

    त्यसैगरी झरही खोलादेखि मञ्जरीया चोक, महेशपुर चोक र वाइपास रोडमा सडक निर्माणका लागि करिब २४ करोडको लागतमा  पार्वती निर्माण सेवा प्रा.लि. काठमाडौंले ठेक्का लिएको छ । ती ठाउँमा भइरहेका काममा गुस्तरहीन सामग्रीको प्रयोग भएको स्थानीयवासीको आरोप छ ।

    गुणस्तरहीन सामग्री प्रयोग भएको स्वयं निर्माण व्यवसायी र इन्जिनियरले समेत स्वीकार गरिसकेपछि ती ठाउँको निर्माण कार्य भत्काइएको छ ।

    केही स्थानमा भइरहेका निर्माण कार्यमा गुणस्तरहीन सामग्री प्रयोग भएको देखिएको सघन शहरी तथा भवन निर्माण आयोजना फिल्ड कार्यालय परासीका इन्जिनियर माधव कटुवालको भनाइ छ ।

    यीबाहेकका अन्य क्षेत्रका काममा पनि यस्तो चलखेल र अनियमितता भइरहेको स्थानीयवासीको आरोप छ ।

    हरेक स्थानीय तथा जिल्ला तहमा भइरहेका कामको अनियमितता छानबिन गर्ने विभिन्न समितिहरु पनि छन् तर ती समितिले दायित्वबोध गरेको महसुस धेरैलाई हुन सकेको छैन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij