मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

सुखमय जिवनका लागि सकारात्मक सोंच जरुरी

  • प्रकाशित मिति : शुक्रबार, पुस २०, २०७५



  • शिबराज पन्थी

    १९ पुष, गढवा । सुखमय जिवन बाँच्नका लागि मानव मष्तिस्कमा सधैव सकारात्मक सोंचको जरुरी भएको विहिवार गढवामा आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । गढवा उद्योग बाणिज्य संघको आयोजना तथा ब्रम्हाकुमारी विश्वविद्यालय दाङको सहआयोजनामा गढवामा भएको एकदिने उत्प्रेरणा कार्यक्रमका बक्ताहरुले यस्तो बताएका हुन ।

    गढवा उद्योग बाणिज्य संघका अध्यक्ष रविलाल आचार्यको अध्यक्षता र गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दैे मानव मस्तिष्कमा जब सकारात्मक सोंच हुन्छ तवमात्र जिवन र समाजको प्रगति, शान्ती र समृद्धि हुन्छ– अध्यक्ष यादवले भन्नुभयो ।

    राष्ट्रिय अन्तर्राष्ट्रिय ख्यातिप्राप्त उत्पे्ररक रमन कुमार भट्टराइले कार्यक्रममा उपस्थित भएका जनमानसलाई दिनभर सकारात्मक चिन्तन गर्न अनुरोध गर्नुभयो ।

    समाजमा नपुग्दो केहि छैन तर मान्छेले कहिल्यै पनि आफुलाई पुगेको महसुस गर्दैन भन्दै मानव मनले गलत सोंच राख्योभने स्वास्थ्यमा प्रतिकुलता निम्तीने बताउनु भयो ।

    हरेक चिजलाई सकारात्मक कोणबाट हेर्न र हो त नि म सक्छु ( थ्भक क्ष् ऋबल) को अबधारणामा मानव जिवन सार्थक हुने उहाँले बताउनु भयो । कार्यक्रममा गढवा गाउँपालिका वडा नं. ८ का वडाअध्यक्ष सद्दाम सिद्दिकी, वन तथा वातावरण संरक्षण समन्वय समिति गढवाका अध्यक्ष उमाकान्त पन्त, स्थानीय शिक्षप्रेमी बुद्धिजिवीहरु कपिलदेव खनाल, नवराज देवकोटा र बिकाश रजौरे लगायतले बोल्नु भएको थियो ।

    संघका बरिष्ठ उपाध्यक्ष खिमबहादुर बुढामगरको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन संघका सदस्य ओंमप्रकाश बस्यालले गर्नुभएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij