प्रकाशित मिति : शुक्रबार, पुस २०, २०७५
मधु पौडेल , २०७५/०९/२०, बाँके । नेपालगंजमा आज देखी दोस्रो नेपाल इन्डीपेन्डेन्ट फिल्म फेस्टिवल (निफ) सुरु भएको छ । नेपालगंज उपमहानगरपालिका स्थित भेरी प्राविधिक शिक्षालयमा आजबाट दुई दिनसम्म चल्ने फेस्टिवलमा २१ फिल्म तथा बकुमेन्ट्री देखादैछ ।
अन्तराल बाकेको आयोजना र वागेश्वरी असल सासन क्लव –बास) को सहआयोजनामा भएको फेस्टिवलमा ग्याल्मो हाउस,मरिसकेको मान्छे ,उ आयो आयो,इन माइ टाउन,४ घण्टा सेक्रेट्म अफ धौलागिरी,असल गुरु,बिपतसंग व्यवहार,अगेन्स अफ अल,अवाउट अ गर्ल,अनन्त यात्रा,नाम्लो ,आमा ,मि भर्सेस माइन,जालगेडी ,द गे्रट मुखिया,तिर्खा,सुपर मङक,अडिसन,अनथ्याङ फ्रेड,ब्लाइन्ड रक्स फिल् समावेश गरीएको अन्तरालका प्रमुख जयनारायाण शाहले बताए ।

फेस्टिवालको उद्घाटन गर्दै नेपालगंज उपमहानगरपालिकाका प्रमुख डा. धवलसमसेर राणाले समाजमा रहेका सामाजिक कुरालाई यसरी फिल्म फेस्टिवलमा समावेश गरेर अन्तरालले इतिहासलाई बचाइरहेको बताए । नगर प्रमुख राणाले भने,“हाम्रो देशको सस्कृति तथा कलालाई यसरी फेस्टिवलको रुपमा ल्याउने काम अन्तरालले गरेको छ जुन निकै आवश्यक विषय पनि हो ।
“उद्घाटनमा बाँकेका जिल्ला प्रशासन प्रमुख मदन भुजेल,राष्ट्रिय खेलकुद परिषदका सदस्य विनोद मैनाली,राष्ट्रिय खेलकुद परिषदका विभाग प्रमुख कुल वहादुर थापा लगाएको उपस्थिति रहेको थियोभने स्वागत मन्तव्य वासका अध्यक्ष मन भण्डारीले दिएको थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij