मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

दाङमा पहिलो पटक पत्रकारले खोले नेप्कीन कम्पनी

  • प्रकाशित मिति : शुक्रबार, पुस २०, २०७५



  • दाङ, २० पुस । दाङको घोराहीमा जिल्ला कै दाङमा पहिलो पटक पत्रकारले नेप्कीन कम्पनी खोलेका छन । दुई युवाहरु मिलेर घोराही १५ मा मितज्यु नेप्कीन उद्योग सञ्चालनमा ल्याएका हुन ।

    जिल्लामा यस प्रकारको उद्योग नभएकाले आफुहरुले नेप्कीन उद्योग सञ्चालनमा ल्याएको सञ्चालक पत्रकार श्रीधर भुसालले बताए । भुसालले यस प्रकारको उद्योग साविक राप्तीका कुनै पनि जिल्लामा नरहेको दावी गरे । अरुले गरेको काम भन्दा फरक गर्ने सोच राखेर यस प्रकारको उद्योग स्थापना गरेको भुसालले बताए । रोजगारको लागि वाहिर जानु भन्दा आफनै स्थानमा केही गर्नु पर्दछ भन्ने सोेच राखेर आफुहरुले उद्योग स्थापना गरेको बताए ।

    उद्योग वाट दैनिक ५ हजार पोका नेप्कीन उत्पादन गर्ने सकिने अर्का सञ्चालक रामचन्द्र नेपालले बताए । भरखरै स्थापना भएकाले अहिले थोरै उत्पादन गरेको बताए । ‘नेप्कीनको माग अनुसार हामीले आफनो उत्पादन गर्ने छौ’ नेपालले भने । अहिले घोराहीमा वजारहरुमा नेप्कीनको माग दैनिक रुपमा वढदै गएको समेत उनको भनाइ रहेको छ ।

    जिल्लामा नेप्कीन उद्योग नहुदा जिल्लामा आवस्यक पर्ने नेप्कीन वाहिरवाट ल्याउनु पर्ने वाध्यता रहेको थियो । यसले गर्दा जिल्लाको रकम समेत वाहिर जाने गरेको सञ्चालक भुसालको भनाइ रहेको छ । वाहिर वाट नेप्की किन्नु भन्दा सस्तो मुल्यमा जिल्ला वासीहरुले प्राप्त गर्ने सक्ने भएका छन् ।

    ‘जिल्लामा यस प्रकारको नया व्यवसाय भएकाले २ जना मिलेर सुरु गरेका हौ’ नेपालले भने । आफुहरुले उत्पादन जिल्लाका साथै साविक राप्तीका रोल्पा, प्युठान, रुकुम, सल्यान, नेपालगञ्ज, वुटवल लगाएतका स्थान सम्म पु¥याउने लक्ष्य रहेको बताए । उनीहरुले सुरुका दिनमा जिल्ला लाइ आवस्यक पर्ने नेप्कीन वाहिर वाट ल्याउन नपर्ने लक्ष्यका साथ अगाडि वढेको उनको भनाइ छ ।

    नेप्कीनका लागि आवस्यक पर्ने कच्चा जिल्ला वाहिरवाट ल्याउने गरेको नेपालले बताए । आवस्यक पर्ने कच्चा पदार्थकाठमाडौ, पोखरावाट ल्याउने गरेका छन् |

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij