प्रकाशित मिति : आइतवार, पुस २२, २०७५
१४ वर्षदेखि कोमामा रहेकी एक महिला अचानक गर्भवती भएको खबरले सबैलाई चकित बनाइदिएको छ । अमेरिकी एक महिलाको विषयलाई लिएर डाक्टरसमेत चकित भएका छन् स्थानीय मिडियाका अनुसार ती महिला एक नर्सिङ अस्पतालमा पछिल्लो केही वर्षदेखि भर्ना भएकी थिइन् ।यो घटना अमेरिकाको फिनिक्स एरिजोनाको हो । एक महिलाले २९ डिसेम्बर २०१८ मा एक स्वस्थ बालक जन्म दिइन् ।
ती महिलाले बालकलाई जन्म दिनु अघिसम्म सो नसिङ होमका कुनै पनि व्यक्तिलाई महिला गर्भवती भएको जानकारी नरहेको बताइएको छ । मिडिया रिपोर्टसकाअनुसार ती महिला १४ वर्षदेखि कोमामा रहेकी थिइन् ।जब यो घटना पुलिस कहाँ पुग्यो तब उनीहरू पनि चकित भए । आखिर कोमा रहेकी महिला कसरी गर्भवती भइन् त ?
रहस्य र खोजीको विषय बन्यो । पुलिसले महिलामाथि यौन शोषण भएको हुन सक्ने भन्दै छानबिन सुरु गरेको छ कुनै स्टाफ कर्मचारीले ती महिलासँग यौन शोषण गरेको हुन सक्ने अनुमान पनि लगाइएको छ ।ती महिलाका मातापिताको १४ वर्षअघि पानीमा डुबेर मृत्यु भएको थियो । यो खबर राजधानी राष्ट्रिय दैनिक अखबारमा प्रकाशित छ।जसका कारण उनी कोमामा गएकी थिइन् । तर, नसिङ होमको दाबी छ कि महिला बिरामी राखिएको कोठमा कुनै पनि पुरुष कर्मचारी प्रवेश गर्न नपाउने प्रावधान रहेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij