मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

विवाह गर्दा के फाइदा, नगर्दा के फाइदा ?

  • प्रकाशित मिति : आइतवार, पुस २२, २०७५



  • बिवाहका शैली, मान्यता, संस्कार, प्रचलन भूगोल र समुदाय अनुसार भिन्न भिन्नै छ । यद्यपी दुई बिपपिरत लिंगी आपसमा बैवाहिक जीवनमा बाँधिन्छन् । जसको प्रचलन संसारभर छ । यो प्राकृतिक प्रकिया नै हो।

    बिवाह किन त ? यसमा भने सबैको मत मिल्छ भन्ने छैन । कसैले विवाहलाई सृष्टीको अनिवार्यता मान्छन् त कसैले स्वेच्छिक विषय।

    रोचक तथ्य

    हालै गरिएको एक अध्ययनले अबिवाहित पुरुषको तुलनामा बिवाहित पुरुषको आयु लामो हुन्छ । अर्थात तुलनात्मक रुपमा अबिवाहित पुरुष चाँडै मर्ने सम्भावना ६ प्रतिशत बढी हुन्छ । ७ वर्ष लगाएर सम्पन्न गरिएको सो अध्ययनका अनुसार विवाहित पुरुषहरु अविवाहितको तुलनामा बढि स्वस्थ हुन्छन् ।

    वैज्ञानिकहरु यतिसम्म भन्छन् कि पुरुषहरुको लामो उमेरको रहस्य विवाहित हुनु नै हो किनकी महिलाले आफ्नो श्रीमानको ज्यादै ख्याल राख्छिन् ।

    विवाहले तनाव साझेदार

    बिवाहित पुरुष एक्लो जीवन बाँच्ने पुरुषको तुलनामा औसत ७ वर्ष बढि बाँच्छन् । यसको कारण हो भने पत्नीहरुले पतिको तनाव सेयर गर्नु । उनले घरको धेरै काम आफैं गर्छिन्, जबकि अविवाहित पुरुषले त्यो सुविधा पाउँदैनन् ।

    रोगहरु टाढा भाग्छन्

    वल्र्ड हार्ट फेडरेसनले आफ्नो एक सोध प्रतिवेदनमा भनेको छ, कसैको प्रेम प्राप्त गर्नु वा कसैलाई प्रेम गर्नु मुटु बलियो बनाउनका लागि प्रभावकारी ओखति हो । प्रेमको कारण नै व्यक्तिले आफ्नो मनस्थितिलाई सदैव सकारात्मक राख्न सक्छ, र तनावबाट टाढा रहन्छ ।

    मुटुरोगका विशेषज्ञहरुका अनुसार प्रेमको कारणले नै भावनात्मक सहारा मिल्छ जसले मुटुमा बोझ पर्न दिँदैन । यही कारण विवाहित व्यक्तिलाई हृदयघात हुने सम्भावना अविवाहितलाई भन्दा कम हुन्छ ।

    वल्र्ड हार्ट फेडरेसनले हृदयघात, पक्षघात वा हिप फ्याक्चर भएका दुई सय ४० रोगीहरुको विश्लेषण गरेको थियो । रोगीलाई ठिक गर्न जति योगदान औषधिको हुन्छ, त्यो भन्दा निकै धेरै सकारात्मक भावनाको हुने सोधमा पाइयो । यसबाट यो पनि थाहा हुन्छ कि कुनै रोगी व्यक्तिलाई चाँडै ठिक हुनका लागि उनलाई तनावबाट मुक्त राख्नुपर्छ र उसको सोचलाई सकारात्मक बनाउनुपर्छ ।

    विवाह नगर्दाका बेफाइदा

    अबिवाहित पुरुषहरुले बिवाहित पुरुषहरुको बीचमा आफूलाई भिन्न महसुस गर्नेछन् । बिवाह नगरेका पुरुषलाई परिवार र समाजले पनि उति महत्व दिदैन ।

    उमेर छिप्पिदासम्म बिवाह नगर्ने व्यक्तिहरुको विषयमा समाजले विभिन्न दृष्टिकोण बनाउँछ ।

    जब आफ्नो दाजुभाई, दिदीबहिनी बिवाहित जीवन बिताइरहेका हुन्छन्, त्यतिबेला आफूलाई अलग महसुस गरिन्छ । उनीहरुको सोच, भविष्यका सपना, कुराकानीका विषय आफ्ना परिवार तथा बच्चाहरुसँग जोडिएका हुन्छन् । जबकि अबिवाहितसँग यी विषयमा गर्ने कुरै हुँदैन ।

    विवाहका फाइदा

    सिंगो जिन्दगीमा साथ दिने जीवनसाथी पाइन्छ। आफ्नै एउटा परिवारको रचना गर्न सकिन्छ, जसलाई हामीले अभिभावकत्व दिन सक्छौ। बिवाहपछि महिला र पुरुष दुवैले नयाँ नातेदारहरु पाउँछन् र त्यो नाताको बेग्लै रमाइलो हुन्छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij