आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

गुमनाम बनेकी विष्णु माझी मुख छोपेर पहिलोपटक आईन सम्पर्कमा

  • प्रकाशित मिति : सोमवार, पुस २३, २०७५



  • काठमाडौं, २३ पुष । पछिल्लो समय गायीका विष्णु माझीको गुमनाम जीवनवारे टिकाटिप्पणी हुन थालेपछि उनको खोजि जिल्ला प्रशासन कार्यालयले गरेको थियो । माझीलाई उनका पति सुन्दरमणी अधिकारीले बन्धक बनाएर राखेको भन्दै टिप्पणी भएको थियो ।

    विष्णु आफ्ना आमा बुवालाई भेट्न माइत नगएको समेत ११ वर्ष भएको बताइएको थियो । जिल्ला प्रशासन कार्यालयले यि सबै प्रश्नको जवाफ खोज्न विष्णु माझीलाई खोजेको थियो । मिडियामा नआउने तर करोडौं स्रोताको ढुकढुकी बनेकी लोक गायिका विष्णु माझी पति सुन्दरमणि अधिकारीसँग आइतबार स्याङ्जा प्रशासन पुगेको पुष्टि भएको छ ।

    प्रशासन कार्यालयमा आफ्ना माइती समेतसंग पुगेकी माझीले आफु धेरै पढेलेखेको नभएका कारण सुन्दरमणिको सहारामा रहेको बताएकी छन् ।

    उनीहरू ट्याक्सी रिजर्भ गरेर प्रशासन पुगेका थिए । माझीले अनुहार छोपेकी थिइन् । उनीहरुले माझीले जहिले पनि अनुहार लुकाउनुको कारण भने रहस्य भएको बताएका छन् । तर त्यो रहस्य राख्नुको लक्ष्य रहेको बताएका छन् । अधिकांश प्रश्नको जवाफ दिएका उनका पति अधिकारीले अनुहार छोप्नुको रहस्य एउटा लक्ष्य रहेको जानकारी दिएको स्याङ्जा प्रशासन प्रमुख कोषहरी निरौलाले बताए ।

    विष्णु र सुन्दरमणिले विष्णुकी बहिनी जीवन, दाजु बाबुराम, बाबु ताराबहादुर र आमा धर्मकुमारी पनि सँगै आएका थिए । अन्तरजातिय बिहे गरेका कारण गुमनाम बसेको बताइएको थियो ।

    विष्णु, सुन्दरमणि र विष्णुको परिवारसँग प्रजिअ निरौला, एसपी लम्साल, प्रमुख प्रशासकीय अधिकृत यादवराज शर्मा र राष्ट्रिय अनुसन्धान प्रमुख रोशन केसीसहितले भेटेका थिए ।

    भेटका क्रममा विदेशबाट धेरैले कार्यक्रममा बोलाए पनि कम पढेको र विष्णुलाई मात्र लैजाने आफूलाई नलाने भनेपछि विष्णु विदेश नगएको बताएका थिए ।

    सुन्दरमणिसँग बिहेपछि गुमनाम जस्तै रहेकी विष्णुको ११ वर्षपछि बाबुसँग भेट भएको थियो । त्यती धेरै वर्ष पछि छोरीलाई भेट्न पाएकोमा बाबु ५८ वर्षीय ताराबहादुर भने दंग थिए । उनले छोरीसँग भेट्ने सपना पुरा भएको बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij